Aadarsh-Daily

एमालेले उम्मेदवार घोषणा गर्न गठबन्धनको सिट बाँडफाँटको अन्तिम सूची कुर्ने

ad-4p

वीरगञ्ज, १५ असोज । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको घोषणा गर्न नेकपा एमालेले सत्तारुढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँटको अन्तिम सूची पर्खने भएको छ ।

content ad p2

नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । यसअघि शुक्रबार नै एमालेले आफ्ना उम्मेदवारहरुको सूची सार्वजनिक गर्न सक्ने अनुमान गरिएको थियो । तर, गठबन्धनले सिट बाँडफाँटको टुंगो नलगाएकाले एमालेले यो सूची सार्वजनिक गरेको छैन ।

content left

पछिल्लो समय नेकपा एमालेमा यसअघि १० बुँदे सम्झौता गरेका नेताहरुलाई अध्यक्ष ओलीले टिकट दिन नचाहेको र टिकट चाहनेले आत्मालोचना गर्नु पर्ने चर्चा चलेको थियो । तर, यसलाई ओली स्वयंले निराधार चर्चा चलेको बताएका छन् ।
त्यसो त नेकपा एमालेका केही सचिवालय सदस्यले समेत यसपटकको निर्वाचनमा आफूहरु उम्मेदवार नहुने बताएका छन् । नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका उपाध्यक्ष रामबहादुर थापा बादल, नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतका नेताहरुले यसपटक आफूहरु चुनावमा नउत्रिने बताएका छन् ।

अर्कोतिर एमालेले उम्मेदवारको सूची टुंग्याउनका लागि गठबन्धनको सिट बाँडफाँटको अन्तिम सूची पर्खिएको छ ।
एमालेले कुन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन उसको प्रतिस्पर्धी को हुन्छ भन्ने थाहा पाउन निकै आवश्यक छ,’ नेकपा एमालेका एक स्थायी कमिटी सदस्यले फरकधारलाई बताए, ‘त्यसैले यसलाई स्वभाविक रुपमा लिनुपर्छ । यो निर्वाचन हाम्रालागि निकै महत्वपूर्ण छ, देशका लागि निकै महत्वपूर्ण छ ।’

नेकपा एमालेका ती स्थायी कमिटी सदस्यका अनुसार गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाएलगत्तै शीर्ष नेताहरुबीच छलफल गरेर प्रतिस्पर्धीभन्दा ‘बलिया’ उम्मेदवारलाई एमालेले टिकट दिने तयारी गरेको हो । ‘हामी धेरै कुरामा अहिले स्पष्ट भइसकेका छौँ,’ ती नेताले भने, ‘अर्कोतिर गठबन्धनले त अहिलेसम्म कसलाई कहाँ टिकट दिने भन्ने भाँडभैलो समेत मिलाउन सकेको छैन ।’ फरकधार

 

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily