Aadarsh-Daily

सन्दिप लामिछानेले भाेलि त्रिभुवन विमानस्थलमा आत्मसमर्पण गर्ने

ad-4p

वीरगन्ज ,१९ असाेज : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार(भाेलि) त्रिभुवन विमानस्थलमा प्रहरी समक्ष आफूलाई समर्पण गर्ने भएका छन् ।

content ad p2

प्रहरी कार्यालय गौशालाका प्रमुखलाई लेखेको पत्रमा लामिछानेले आफू देश बाहिर रहेको बेला दर्ता गरिएको मुद्धाका सन्दर्भमा उनले प्रहरी समक्ष आत्मसमर्पण गर्ने निर्णय गरेका हुन् ।

‘म पुष्टि गर्न चाहन्छु कि म स्वेच्छाले स्वदेश फर्कँदै छु र तपाईँ समक्ष आत्मसमर्पण गर्ने छु ।’ उनले आफूविरुद्ध लागेको अभियोगमा हुने अनुसन्धानमा हरेक किसिमले सहयोग गर्ने प्रतिवद्धतासँगै अनुसन्धान निकाय अनि त्यसको निष्पक्षतामा विश्वास व्यक्त गरेका छन् ।

content left

आफूले न्याय पाउनेबारे पनि उनले विश्वास व्यक्त गरेका छन् । बिहान १० बजे विमानस्थल आइपुग्दा कानून व्यवसायी सरोज घिमिरेको उपस्थितिका लागि पनि उनले प्रहरी समक्ष आग्रह गरेका छन् ।

 

‘मेरो समर्पणका बेला मेरो सुरक्षाका हिसाबले म त्यहाँ मेरा कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थितिका लागि स्वीकृति चाहन्छु । मैले श्री घिमिरेलाई यसका लागि अनुरोध गरिसकेको छु’, पत्रमा उनले भनेका छन् ।

लामिछानेले आफूलाई विमानस्थलबाट प्रहरी कार्यालयमा सुरक्षित र बिना हथकडी लैजान पनि अनुरोध गरेका छन् ।

लामिछानेविरुद्ध एक नाबालिकाले आफूलाई बलात्कार गरेको आरोपका साथ प्रहरीमा अभियोग दर्ता गरेकी छन् । प्रहरी अधिकृतलाई लेखेको पत्रमा लामिछानेले आफू विदेशमा रहँदा नै यौन अपराधको आरोप लागेको र त्यसबारे विस्तृत विवरणहरु सञ्चारमाध्यममा आएको, आफूलाई क्रिकेट एसोसिएशन अफ नेपालले निलम्बन गरेको अनि ‘मिडिया ट्रायल’ सँगै आफू घृणाको शिकार भएकोमा निराशा पनि जनाएका छन् ।

अधिवक्ता घिमिरेले आफू विमानस्थलमा उपस्थित हुने र लामिछानेलाई कानून तथा सम्बिधान प्रदत्त सुझाव र सल्लाह दिने बताए ।साभार: देशसन्चार

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily