Aadarsh-Daily

मुकेश अम्बानीलाई मार्ने धम्की दिने व्यक्ति बिहारबाट पक्राउ

ad-4p

मुकेश अम्बानी र उनको परिवारलाई मार्ने धम्की दिने एक व्यक्तिलाई मुम्बई प्रहरीले बिहारको दरभंगाबाट पक्राउ गरेको छ ।

content ad p2
content left

अभियुक्तको नाम राकेश कुमार मिश्र हो । मुम्बई प्रहरीका अनुसार राकेश मिश्रालाई बिहार प्रहरीको सहयोगमा राति पक्राउ गरिएको हो । राकेशलाई आईपीसीको धारा ५०६(२) र ५०७ अन्तर्गत पक्राउ गरिएको छ।

बुधबार एक अज्ञात व्यक्तिले साउथ मुम्बईको रिलायन्स फाउन्डेशन अस्पतालमा फोन गरेर अस्पताललाई बम बनाउने धम्की दिएका थिए। यस बाहेक उक्त व्यक्तिले मुकेश अम्बानी, उनकी श्रीमती नीता अम्बानी, छोरा आकाशलाई मार्ने र घर एन्टिला उडाउने धम्की दिएका थिए ।
धम्कीलाई ध्यानमा राख्दै भारत सरकारले हालै मुकेश अम्बानीलाई जेड प्लस सुरक्षा दिएको छ भने नीता अम्बानीलाई वाई प्लस सुरक्षा दिइएको छ । धम्कीपूर्ण फोन आएपछि अस्पताल र घरबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily