Aadarsh-Daily

एमाले र जसपाबीच सहकार्य देखे पछि लोसपा गठबन्धन तिर

 

ad-4p

वीरगञ्ज, २१ असोज । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल चलिरहदा रहदै एमाले र जसपाबीच चुनावी सहकार्यकारे छलफल सुरु भएको छ ।

content ad p2
content left

मधेसको अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमालेसँग वार्ता गर्न भनेर टोली नै बनाएको थियो । तर एमाले नेताहरु भने जसपाबीच चुनावी सहकार्यकारे छलफल भईरहेको ले लोसपासँग सहमतिको प्रयास अघि बढ्न नसकेको बताउँछन् ।

उनीहरुका अनुसार सत्ता गठबन्धन कायमै रहने हो भने लोसपासँग तालमेल गर्दा परिणाम खासै परक पर्नै देखिएन । सिट भने लोसपाले धेरै मागेको छ । ‘महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरुलाई छाड्न सकिन्छ, तर सबै नेता व्यवस्थापन गर्न सक्दैनौं’ एमालेका एक नेता भन्छन् ।
यता जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका थिए ।

उनी बालुवाटारबाट सिधै एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित् निवासमा पुगेका थिए पछिल्लो समय एमाले र जसपाबीच चुनावी सहकार्यकारे छलफल चलेको छ ।
यता एमाले र जसपाबीच चुनावी सहकार्यकारे छलफल सुरु भए पछि सत्तारुढ गठबन्धनसंग तालमेल गर्ने लोसपा अगाडी सरेको छ राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको श्रोतले जनाएको छ ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily