Aadarsh-Daily

पर्सामा जसपा-एमाले गठबन्धन, १ र २ जसपा, ३ र ४ एमाले

ad-4p

बिर्ञ्ज, २२ असोज । जनता समाजवादी पार्टी नेपाल र नेकपा एमाले बीच मधेशमा गठबन्धन गर्ने विषयमा सहमति जुटेको छ ।

content ad p2

मधेश प्रदेशको ३२ मध्ये जसपाले १६ र एमालेले १६ सिटमा निर्वाचन लड्ने विषयमा सहमति जुटेको हो । जसपाका एक नेताका अनुसार शनिबार यस विषयमा सहमति जुटेको हो । प्रदेशसभा सिट बाँडफाँडको विषयमा भने टुङ्गो लागेको छैन ।

content left

मधेशमा जसपा र एमालेले गठबन्धन गरेर निर्वाचन लड्ने सहमति गरेसँगै पर्सा जिल्लामा रहेको ४ वटा क्षेत्रको पनि भागबण्डा लागेको छ । गठबन्धनले जिल्लामा २ सिट जसपा र २ सिट एमालेलाई दिने निर्णय गरेको उक्त नेताले जानकारी दिए ।

सहमतिका अनुसार जसपाबाट पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा वन तथा वातावरणमन्त्री प्रदीप यादव र क्षेत्र नम्बर २ बाट सुरेन्द्र कुर्मी लड्ने भएका छन् भने नेकपा एमालेबाट क्षेत्र नम्बर ३ मा संविधानसभा सदस्य राजकुमार गुप्ता र क्षेत्र नम्बर ४ बाट जालिम मियाँ लड्ने भएका छन् ।

माग अनुसार सत्ता गठबन्धनमा सिट नपाए पछि जसपाले एमालेसँग कुरा अगाडि बढाएको थियो । गठबन्धनमा जसपाले २५ देखि ३० सिटसम्म मागे पनि काङ्ग्रेसले १५ सिट मात्र दिने अडान लिएको स्रोतको दावी छ ।
त्यसैगरी जिल्लामा प्रदेशसभाको पनि केहि सिटमा भागबण्डा टुङ्गीएको छ । क्षेत्र नम्बर १ (ख) मा जसपाको तर्फबाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लड्ने पक्का भएको छ भने १ (क) को उम्मेदवारको टुङ्गो लागेको छैन ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily