Aadarsh-Daily

आशा किरण केन्द्रमा शैक्षिक सामाग्री र स्कुल ब्याग वितरण

ad-4p
content left

वीरगन्जको सिद्धार्थ माध्यमिक विधालयमा रहेको आशा किरण केन्द्रका सुस्तमनस्थिती, सेरिब्रल पाल्सी र मस्तिष्क पक्षाघातका बालबालिकाहरुलाइ “तिमी सङ आन्विका” नामक संस्थाले शैक्षिक सामाग्री र स्कुल ब्याग वितरण गरेको छ । आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवको अध्यक्षता तथा सामाजिक अभियन्ता एवं आन्विका संस्थाका प्रतिनिधि अनिल ज्यासवालको प्रमुख आतिथ्यतामा भएको स्कुल ब्याग र शैक्षिक सामाग्री वितरण कार्यक्रममा केन्द्रका कोषाध्यक्ष सन्दिप मोहता, डा.असोक दास, प्रधानाध्यापक अनिल वर्णवालले मस्तिष्क पक्षघातका बच्चाहरुको बारेमा प्रस्ट पार्दै उक्त क्षेत्रमा थोरै भए पनि सहयोग र योगदान गर्ने सबैमा आभार व्यक्त गरे । आशा किरण केन्द्रका बच्चालाई “विश्व मस्तिष्क पक्षघात दिवस” को प्रत्येक वर्षको अवसर पारेर विभिन्न कार्यक्रम गरि बच्चाहरुलाई सहयोग गर्दै आएकोमा केन्द्रका महासचिव श्रीवास्तवले “तिमी सङआन्विका” नामक संस्थालाई धन्यवाद दिनुका साथै आन्विकाको सुस्वास्थ एवं उज्ज्वल भविष्यको कामना गरे । कार्यक्रममा दिवाकर आमात्य, सुनिल शाह, बालबालिका, अभिभावकहरु, शिक्षिका रजनि वर्मा, सिन्धु कुश्वाहा लगायतको उपस्थिति थियोे ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily