

वीरगन्ज । बिगत १८ वर्षदेखि विद्यार्थी राजनीतिको सुरुवात गरि तत्कालीन विद्यार्थी आन्दोलन देखि प्रजातान्त्रिक आन्दोलन समेतमा अग्रगामी भूमिका खेल्दै आएका सुधिर पटेलले विद्यार्थी, तरुण, युवा तथा अग्रजहरुको सुख, दुख र समस्यामा डटेर प्रतिबादका साथै सहयोग गरेको सम्झदै अब जनताले आफ्नो अमूल्य मत आफूलाई दिएर जिताउने विश्वास लिएका छन् ।
देशको मुख्य राजनैतिक दलले आफ्नो सिद्धान्त र नैतिकतालाइ भुलेर जनतालाई बेवकुफ बनाउने योजनाको साथ बिचार मिल्ने न मिल्ने जो सुकै दल संग गठबन्धन गरि अगाडी बढेको हुनाले मतदाताहरुले यसको डटेर सामना गर्नु पर्ने बताउंछन् उनि । पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(क) मा गठबन्धनको बिरुद्ध र आफ्नो क्षेत्रका लागि सक्षम विकल्पको रुपमा सुधिरले प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उमेदवारी दिएका छन् ।

