Aadarsh-Daily

सत्ता गठबन्धनलाई निर्बाचन आयोगको छुट, चुनाबी प्रचारमा उत्रिए शिक्षक ।

ad-4p
content left

वीरगन्ज । सत्ता गठबन्धनलाई निर्बाचन आयोगको कार्यालय पर्साले छुट दिएको पाइएको छ । निर्वाचन आयोगले बनाएको नियम कानुनलाई मिची सत्ता गठबन्धन निकट रहेका जनप्रतिनिधि र कर्मचारीहरु घरदैलोमा उत्रिएका छन् । सता गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभाका उम्मेदवार सुरेन्द्र चौधरी र प्रदेश सभाका उम्मेदवार जनर्धन सिंह क्षेत्रीको घरदैलोमा पालिकाका जनप्रतिनिधि र सरकारी शिक्षकको सहभागिताले स्थानियहरु चकित बनेका छन । निर्वाचन आयोगले जारी गरेका आचार संहितामा जनप्रतिनिधि र सरकारी कर्मचारीले चुनावी गतिबिधिमा भाग लिन नपाउने भएपनि पकाहामैनपुरमा भने सो कुरा लागु नभएको देखिएको छ । सत्ता गठबन्धनले गरेको घरदैलोमा पालिका प्रमुख सुरेश मेहता, वडा नं १ का अध्यक्ष बिनोद मेहता, वडा नं ३ का अध्यक्ष सन्जय चौहान , कार्यपालिका सदस्य नेक महम्द मिया दर्जि, वडा नं ४ का अध्यक्ष ढेरी प्र यादव लगायतका जनप्रतिनिधि सहित श्री नेपाल राष्ट्रीय आधारभूत विद्यालय सूर्जहाका कार्यवाहक प्रधानध्यापक सन्जय चौहान , श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मधुबनीका प्रमा साह बर्नवाल लगायतका सरकारी कर्मचारीहरूले घरदैलो लगायत चुनावी प्रचार प्रसार कार्यमा सहभागि भएको फोटोहरु अहिले समाजिक संजालमा भाईरल बनेको छ ।

content ad p2

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनका लागि निर्वाचन आयोगले मिति २०७९ / ०७ / ०२ गतेको प्रेस बिज्ञप्ती मार्फत निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ बमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारी र सरकारी कर्मचारीहरूले आफू बहाल रहेको स्थानीय तहमा निर्वाचन प्रचार प्रसार नगर्ने र सो नियमको प्रतिबन्धात्मक वाक्यांशको खण्ड ४ बमोजिम अन्य स्थानीय तहमा निर्वाचन प्रचार प्रसार गर्दा तथा प्रचार प्रसारका लागि जाँदा वा आउँदा समेत सरकारी साधन स्रोत तथा जनशक्ति उपयोग नगर्नु नगराउनु उल्लेख भएका विषय तथा निर्वाचन आचारसंहिता विपरीतका अन्य व्यवस्थाको उल्लंघन भएमा प्रचलित कानून बमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने भएकाले राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्ने र अरुलाई समेत पालना गर्न लगाउने जनकारी गराए पनि निर्वाचन आयोग पर्साको छुटले सत्ता पक्षका कर्मचारी जनप्रतिनिधिहरु अहिले धमाधम चुनावी प्रचार प्रसारमा लागेका छन् । नेपाली काङ्ग्रेसको सरकार रहेको हुनाले हामिले जे चाहे गर्न पाईन्छ सोच राखेर सताको आडमा मनोपरि काम गरिरहेको पुष्टि भएको हो ।
यसरी जनप्रतिनिधिहरु काम छोडेर नेताको जुलुसमा गएपछि जनताको काममा बाधा पुगेको स्थानियले गुनासो समेत गरेका हुन । यस विषयमा निर्वाचन आयोग पर्साको ध्यान जान जरुरी रहेको देखिन्छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily