Aadarsh-Daily

पर्सा २ मा सुरेन्द्र कुर्मी र रामनरेस यादव द्धारा घरदैलो

ad-4p

कार्तिक-६, नेकपा एमाले र जसपा नेपाल गठबन्धन पर्साले क्षेत्र नम्बर २ मा आफ्नो चुनावी प्रचारप्रसारका क्रममा आज पर्सागढी न.पा. वडा- ३ झबराहाको अमादेबी, मोटेलामा टोल, प्रनामी टोल, थापा टोल, धाङग्ड टोल, सङग्म चौक, लालबिर टोल, साना किसान टोल, झुलेटार, झाला, शृजाना टोल, राम टोल, बिरुवा चौक, बिरुवा गाउँ, पारस चौक, टाडी टोल, चौकी टोल, पकडिया गाउँ, बड्नियार बाजार, गुम्बा टोल, औरहिया टोल, कटरिया घरदैलो कार्यक्रम सुरु गरेको छ ।

content ad p2
content left

आज विहान देखि वडा न ३का भित्री टोलहरूबाट घरदैलो कार्यक्रम सुरु भएको हो । जसपाका नेता तथा प्रतिनिधिसभाका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार अधिवक्ता सुरेन्द्र कुर्मी र पर्सा निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभाका उम्मेदवार रामनरेश यादव आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो गरिरहेका छन्।

जसपा र नेकपा एमालेका साझाँ उम्मेदवार कुर्मी र यादव घरघरमा मतदाताहरूलाई भेटेर भोट दिन आग्रह गरेका थिए । घरदैलोका क्रममा प्रतिनिसभा का उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेश सभाका उम्मेदवार यादवलाई स्थानीयले स्वागत गर्दै जीतको शुभकामना पनि दिएका थिए । नेकपा एमाले पर्सागढी नगरपालिकाका नगर अध्यक्ष दुर्गा लामिछानेको नेतृत्वमा गरिएको घरदैलो कार्यक्रममा जसपा केन्द्रिय सदस्य सालमा खातुन , नगर सदस्य, हरि घिमिरे, भरत श्रेष्ठ, बिष्णुलाल, टीका राम,असोक बुर्लाकोटी,डिल्लीराम सुवेदी, प्रेम पहाडी र जसपा जिल्ला सचिव तवरेज अहमद, क्षेत्रीय उपाध्यक्ष मुमताज आलम, जसपाका नगर प्रमुखका प्रत्यासी सुरज मानन्धर लगायतको उपस्थिति रहेको थियो

सम्बन्धित खबर

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

२९ दिनमै एसईई नतिजा सार्वजनिक, ६५.९८% विद्यार्थी ग्रेडेड

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily