Aadarsh-Daily

काँग्रेसका रामनारायण कुर्मी भन्छन् : इमान्दारीता नै मेरो एजेण्डा हो

ad-4p

नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण प्रसाद कुर्मी मधेश प्रदेशका मुख्यमन्त्रीको क्षेत्रबाट उनकै प्रतिद्वन्दी बनेर निर्वाचनमा होमिएका छन् । झण्डै तीन दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध रही सक्रियपूर्वक राजनीतिक गरीरहेका कुर्मी पर्साको क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार हुन् ।

content ad p2

२०७४ सालको निर्वाचनमा पर्साको क्षेत्र नम्बर १ (क) बाट उम्मेदवारी दिएर झिनाे मतान्तरले पराजित भएका कुर्मीलाई अहिलेको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले मुख्यमन्त्री लालबाबु राउतको विरुद्धमा उभ्याएको हो ।

कुर्मीको राजनीतिक पृष्ठभूमी
विद्यार्थी जीवनबाटै राजनीतिक यात्राको आरम्भ गरेका कुर्मी नेपाली कांग्रेसको बुथ सभापति, क्षेत्रीय सदस्य, क्षेत्रीय सचिव, २ पटक क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि हुँदै हाल जिल्ला उपसभापतिसम्म पुगेका छन् । जिल्ला सभापतिका आकाङ्क्षी रहेका कुर्मीले पार्टीको लागि सभापति पद त्यागेर उपसभापतिमा चित्त बुझाउनुपरेको हो ।

 

२०५६ सालको आम निर्वाचनमा तत्कालिन वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १७ को वडाअध्यक्षमा पार्टीले विश्वास गरेर टिकट दिएपनि थोरै मतान्तरले उनी पराजित भएका थिए । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनका क्रममा पार्टीले उनलाई समानुपातिक उम्मेदवार बनाएपनि छनौटमा नपरेका कुर्मीलाई संघियता स्थापनापश्चात २०७४ सालमा भएको निर्वाचनमा पर्साको क्षेत्र नम्बर १ (क) बाट पार्टीले प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको थियो ।

कुर्मीले ७ हजार १ सय ७१ मत ल्याउँदा ८ हजार ५ सय ९३ मतका साथ तत्कालिन संघिय समाजवादी फोरम नेपालका जन्नत अन्सारी निर्वाचित भएका थिए । अहिलेको निर्वाचनमा अन्सारीले टिकट नपाएपछि क्षेत्र नम्बर १ (क) बाटै बागी उम्मेदवारी दिएका छन् ।

 

सामाजिक योगदान

content left

राजनीतिक मात्रै नभएर उनले मजदुरहरुको संगठन नेपाल ट्रेड युनियनको पर्सा जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत बनेर मजदुरको हकहितका लागि पनि आवाज उठान गर्दै आएका छन् । तराई मधेश समन्वय विभागको केन्द्रीय सचिव बनेर पनि उनले मधेशको विकास र समृद्धिका लागि काम गरेका अनुभव बटुलेका छन् । नेपाल रेडक्रस सोसाइटी पर्साको उपमन्त्रीसमेत भइसकेका कुर्मी नेपाल निर्माण व्यवसायी संघमा पनि आवद्ध छन् ।

लामो समयसम्म नृसिंह माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका कुर्मीकै कार्यकालमा सामुदायिक विद्यालयमध्येकै नमुना विद्यालयको रुपमा पनि स्थापित गराउन सफल भए । उनकै पालामा प्लस टु सम्मको पठनपाठनका साथै प्राविधिक कक्षाको पनि अध्यापन विद्यालयमा शुरु भएको हो ।

विशेष गरी भूई तहका मान्छेसँग रमाउने कुर्मी आफु पनि सामान्य परिवारबाटै प्रतिनिधित्व गर्छन् । ‘सादा जीवन उच्च विचार’ को कथनबाट प्रेरित कुर्मीले आम सर्वसाधारण तथा जनताका समस्याहरुलाई नजिकबाटै नियाल्दै मात्रै आएका छैनन् । ति समस्याहरुको समाधानका लागि हातेमालो पनि गर्छन् । त्यसकारण पनि आम नागरिकले उनलाई रुचाउँछन् ।

एजेण्डा

कुर्मीको बुझाईमा ईमान्दारीता नै सबैभन्दा ठूलो एजेण्डा हो । प्रदेश सभा सदस्यका काम, कर्तव्य र अधिकार सबै कानुनमै उल्लेख भएको हुँदा त्यही कानुनमा उल्लेख भए बमोजिमका भूमिका ईमान्दारी पूर्वक निर्वाह गर्दा अरु कुनै एजेण्डा नै नचाहिने कुर्मी बताउँछन् ।

यद्यपी जनताका आवश्यक्ता र समस्याहरुको सम्बोधनका लागि भने हर्दम तत्पर रहेको प्रतिबद्धता पनि उनले दोहो¥याएका छन् । उनी भन्छन्, “शिक्षा, स्वास्थ्यमा आमुल परिवर्तन जस्ता आकर्षक नाराहरु म भन्दैन । शिक्षा स्वास्थ्य त हरेक नागरिकको नैसर्गिक अधिकार हो । तर यसलाई पूर्ण रुपमा कार्यन्वयन गराउन पहल भने अवश्य गर्छु ।”

सडक, खेलमैदान, सामुदायिक भवन लगायतका पूर्वाधार निर्माणका लागि पनि आवश्यक्ताको आधारमा प्राथमिकतामा राखिने उनको योजना छ । मजदुर संगठनमा आवद्ध भएर मजदुर तथा सर्वसाधारण नागरिकको अवस्थासँग नजिकबाट परिचित कुर्मीले जनताको जीवनस्तर उकास्न, रोजगारीको सृजना गर्नका लागि र आवश्यक सिपमुलक तालिम प्रभावकारी रुपमा सञ्चालन गरेर आत्मनिर्भर बनाउनका लागि ठोस योजना ल्याउने मनसाय बनाएका छन् ।

बालबालिका, युवा, महिला, वृद्धवृद्धा सबैले सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण निर्माणका लागि र विशेष गरी सरकारी कामकाजलाई प्रभावकारी बनाएर सहज र सरल सेवा प्रवाहका लागि खबरदारी गर्ने पनि उनले बताएका छन् ।

सम्बन्धित खबर

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily

रक्सौलबाट ल्याइएका अवैध ई–स्कुटरमाथि सशस्त्रको कडाइ, २२ थान नियन्त्रणमा

Aadarsh Daily

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily