Aadarsh-Daily

नेकपा एमाले र जसपा पर्सा क्षेत्र नं ३ को क्षेत्रीय भेला सम्पन्न ।

ad-4p
content left

बीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले पर्सा र जनता समाजवादी पार्टी पर्सा क्षेत्र न. ३ को क्षेत्रिय बैठक सम्पन्न भएको छ । नेकपा एमाले पर्सा क्षेत्र नं ३ का क्षेत्रीय अध्यक्ष राजेश रौनियारको अध्यक्षता एवंम मधेश प्रदेशका मुख्यमन्त्री एवंम जसपाका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गदिको प्रमुख आतिथ्यमा बसेको बैठकले निर्वाचन परिचालन कमिटी सहित आउँदो मंसिर ४ गते हुने निर्वाचनको लागि छलफल गरेको छ । उक्त बैठकले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदका निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पर्सा क्षेत्र नं ३ का क्षेत्रिय निर्वाचन परिचालन कमिटीका संयोजकमा एमालेका प्रदेश कमिटी सदस्य शिव पटेल र सहसंयोजकमा जसपाका नगेन्द्र यादवलाई चयन गरेको छ । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गदीले विर शहिदहरुले पसिना र रगत बगाउनुका साथै प्राणको आहुति दिएर प्राप्त गरेको उपलब्धी अहिले धरापमा परेको बताए । अब हुने निर्वाचनमा नेकपा एमाले र जसपाका संयुक्त उम्मेदवारलाई आफ्नो अमूल्य मत दिई विजयी गराउन आग्रह गरे । बैठकलाई सम्बोधन गर्दै पूर्व वनमन्त्री एवंम सांसद प्रदीप यादवले देशको विषम राजनितिक अवस्था देखेर शहिदहरुको सपनाले सार्थकता पाउनेमा आशंका व्यक्त गर्दै शहिदका परिवार तथा आन्दोलनका घाइतेहरुको व्यवस्थापन गर्न यो गठबन्धनको सरकारले तदारुकता नदेखाएको आरोप लगाउँदै मंसिर ४ गते हुने निर्वाचनमा एमाले र जसपाका संयुक्त उम्मेदवारलाई नै विजयी गराउनु पर्ने भएको बताए ।केही तत्वले मधेसमा एमाले पार्टीबारे अफवाह फैलाएको भन्दै जस्तालाई त्यस्तै गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । क्षेत्रिय बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवंम पर्सा सह इन्चार्ज तथा संविधान सभा सदस्य पर्सा क्षेत्र नं ३ का उम्मेदवार राजकुमार गुप्ताले “हाम्राविरुद्ध बोल्नेलाई जस्तालाई त्यस्तै गर्नुपर्छ तर कुटपिट गर्ने होइन, विचारले लड्ने हो ।” नेता गुप्ताले मधेसमा एमालेलाई मधेसविरोधीको रुपमा चित्रण गरिएको भन्दै आफ्नो व्यवहारबाट सो आरोपको खण्डन गर्न कार्यकर्ता तथा नेताहरुलाई निर्देशन दिनुभयो । उहाँले पार्टी नेतृत्वले पनि आरोप लगाउने वातावरण सिर्जना हुन नदिनलाई आग्रह गर्नुभयो । उहाँले नेता तथा कार्यकर्ताहरुलाई एमाले मधेस विरोधी हो भनेर कसैले आरोप लगाउँदैमा त्यसकै पछि भावुकतामा नहिड्न कार्यकतालाई आग्रह गर्नुभयो ।उहाँले नेता तथा कार्यकर्ताहरुलाई संविधानले दिएको अधिकार बारे खुलस्तरुपमा सर्वसाधरणलाई बुझाउन निर्देशन दिनुभयो । उहाँले मधेसी नेताहरुले मधेसी समुदायलाई भ्रममा पार्ने काम गरेको भन्दै यस्तो भ्रमलाई चिर्न कार्यकर्ता अघि बढ्नुपर्ने बताउनुभयो । साथै पार्टीका सबै अगुवा कार्यकर्ता एव कार्यकर्ताहरुलाई इमन्दारी पूर्वक नेकपा एमाले र जसपाका साझा उम्मेदवारमा भोट हाल्न आग्रह गर्नु भयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजारा , एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु , जसपा पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव , पर्सा क्षेत्र नं ३ का निलम्बित सांसद हरिनरयण रौनियारको , पर्सा क्षेत्र नं ३ क का उम्मेदवारमा मंजूर अंसारी , ख का उम्मेदवार मधु गुप्ता, पार्टी उपसचिव संजिव मिश्रा , राष्ट्रिय युवा संघ नेपाल पर्सा अध्यक्ष मोहमद निजाम लगायतको सहभागिता रहेको थियो।

content ad p2

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily