Aadarsh-Daily

पर्साबासीसँग गद्धारी गर्नेहरुबाट सचेत रहन जसपा एमालेका साझा उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मीको आग्रह

ad-4p

वीरगञ्ज १६कार्तिक । नेकपा एमाले–जसपा गठबन्धनको पर्सा क्षेत्र नम्बर २ कोप्रतिनिधि सभा सदस्य उम्मेदवार अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मीले बिरगंज महानगरपालिका श्रीसियामा बुधवार घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

content ad p2
content left

बिरगंज महानगरपालिकाको वडा नम्बर २५ को मोजे श्रीसिया ,भन्सार टोला ,खाल्वा टोला ,डाईपोर्ट श्रीसियामा एमाले–जसपा गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मी र प्रदेश सभा उम्मेदवार हरेराम प्रसाद पटेल सहितका नेताहरुले एमाले–जसपा गठबन्धनकाको साझा उम्मेदवारलाई भोट हाल्न श्रीसियावासीलाई अनुरोध गरेका छन् ।

कृषि,शिक्षा, स्वास्थ्य र युवा रोजगारीलाई मुख्य चुनावी एजेण्डा बनाएका प्रतिनिधि सभा सदस्य उम्मेदवार अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रति जनताहरु आकर्शित हुदै गएका छन् ।

अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मीले आफु जितेसँगै क्षेत्र नम्बर २ मा विकासको बाढी आउँने दावी गरेका छन् । उनले श्रीसिया मा घरदैलो गरे पश्चात संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै सम्पूर्ण श्रीसियावासी आफुहरुलाई साथमा रहेको बताए ।

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily