Aadarsh-Daily

पर्साबासीसँग गद्धारी गर्नेहरुबाट सचेत रहन जसपा एमालेका साझा उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मीको आग्रह

ad-4p

वीरगञ्ज १६कार्तिक । नेकपा एमाले–जसपा गठबन्धनको पर्सा क्षेत्र नम्बर २ कोप्रतिनिधि सभा सदस्य उम्मेदवार अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मीले बिरगंज महानगरपालिका श्रीसियामा बुधवार घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

content ad p2
content left

बिरगंज महानगरपालिकाको वडा नम्बर २५ को मोजे श्रीसिया ,भन्सार टोला ,खाल्वा टोला ,डाईपोर्ट श्रीसियामा एमाले–जसपा गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मी र प्रदेश सभा उम्मेदवार हरेराम प्रसाद पटेल सहितका नेताहरुले एमाले–जसपा गठबन्धनकाको साझा उम्मेदवारलाई भोट हाल्न श्रीसियावासीलाई अनुरोध गरेका छन् ।

कृषि,शिक्षा, स्वास्थ्य र युवा रोजगारीलाई मुख्य चुनावी एजेण्डा बनाएका प्रतिनिधि सभा सदस्य उम्मेदवार अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रति जनताहरु आकर्शित हुदै गएका छन् ।

अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मीले आफु जितेसँगै क्षेत्र नम्बर २ मा विकासको बाढी आउँने दावी गरेका छन् । उनले श्रीसिया मा घरदैलो गरे पश्चात संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै सम्पूर्ण श्रीसियावासी आफुहरुलाई साथमा रहेको बताए ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily