Aadarsh-Daily

राजकुमार गुप्ताको जनलहर बढ्दै , कांग्रेस छाडेर २०० जनाले गरे एमालेमा प्रवेश ।

ad-4p

वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा आज एक कार्यक्रम बीच नेपाली कांग्रेस पार्टी परित्याग गरी दुई सय जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

content ad p2
content left

बिन्दबासिनी गाउँपालिकाको वडा नं ३ को टोल सानो इतियाहिमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रभावशाली नेता जंगबहादुर साह र भग्वान साह गोढको नेतृत्वमा २०० जनाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

नव प्रबेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले खाँदा र टीका लगाएर पार्टीमा स्वागत गरेका छन् । नेपाली कांग्रेस पार्टी परिवारबाद हावी हुँदै गएको र पार्टीमा कुनै योगदान नहुनेहरुको हाली मुहाली बढेको कारण आफूहरु पार्टी परित्याग गरेको उनीहरूको भनाइ रहेको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष मोहमद निजाम , जिल्ला कमिटी सदस्य हानिफ अंसारी , गम्भीरा साह , पकाहामैनपुर गाउपालिका कमिटी उपाध्यक्ष कृष्ण कुशवाहा , नेता बबलू गुप्ता लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily