Aadarsh-Daily

जनताबाट पाइरहेको स्वागत र समर्थनले निक्कै उत्साहित छु : अधिबक्ता सुरेन्द्रर प्रसाद कुर्मी

ad-4p

पर्सा क्षेत्र नम्बर २ मा सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मीले चुनावी घरदैलोका क्रममा जनताबाट पाइरहेको स्वागत र समर्थनले आफु् निक्कै उत्साहित बनेको बताएका छन् ।

content ad p2
content left

क्षेत्रका हरेक पालिकाका हरेक वडा र टोलहरुमा चुनावी घरदैलोका क्रममा पुग्दा स्थानीय र मतदाताहरुले स्वर्फूत रुपमा स्वागत र समर्थन गरिरहेको र यसले आफुलाई थप उर्जा प्राप्त भइरहेको कुर्मीले बताए ।शनिबार बिहान बिरगंज महानगरपालिका वडा नम्बर १० को घडिअर्वा टोलमा प्रदेशसभा सदस्य उम्मेदवार हरेराम पटेल र नेता कार्यकर्ताहरुको साथमा पुगेका अधिबक्ता कुर्मीलाई स्थानीयले घरघरमा स्वागत र समर्थन गरेका थिए ।

मतदाताको स्वागत र समर्थन पाएर उत्साहित बनेका जसपा नेता सुरेन्द्रले लोकतन्त्र र संविधानको रक्षाका लागि एमाले जसपा नेतृत्वको गठबन्धनलाई मत दिन मतदाताहरुलाई आग्रह गरे ।
मतदातासंग कुर्मीले भने ,‘ म तपाईहरुको भरोसालाई कहिले पनि टुट्न दिन्न , बाँचुन्जेल आजिवन पर्स २ को विकास र जनताको सेवामा समर्पित रहनेछु , यसपालि अवसर दिनु भयो भने यस क्षेत्रका लागि अहिले सम्म नभएका नमूना कामहरु गरेर देखाउछु , यो मेरो वाचा भयो ।

चुनावी घरदैलो कार्यक्रममा वाडा सुशिल साह कानु ,बिरेन्द्रर यादव , कामेस पडित ,बिपिन यादव ,अमर यादव,अफजल सर, लगायत जसपा , नेकपा एमाले नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily