Aadarsh-Daily

जितको बिगुल पर्सागढीबाट फुक्छौं : उम्मेदवारहरु सुरेन्द्र कुर्मी र रामनरेस यादव

ad-4p

जसपा–एमाल गठबन्धनले पर्सा क्षेत्र नम्बर २ मा घरदैलो अभियानलाई तीव्रता दिएको छ । मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि जसपा–एमालले पर्सागढी नगरपालिकाको वडा नम्बर ३ र ५ मा घरदैलो कार्यक्रम गरेको हो ।

content ad p2

उक्त घरदैलो कार्यक्रमलाई स्थानीय बासीले समेत साथ र समर्थन दिन थालेपछि जसपा–एमालको पक्षमा जनलहर बढेको हो । घरदैलो कार्यक्रममा जसपा–एमाले गठबन्धनबाट प्रतिनिधी सभाका साझा उम्मेदवार बनेका सुरेन्द्र कुर्मी र क्षेत्र २ को (क) का उम्मेदवार रामनरेश यादवलाई माला र खादा ओढाएर अग्रीम विजयको शुभकामना व्यक्त गरेका छन् ।

content left

कुर्मीले जनताको माझमा रहेर राजनीति गर्ने नेता भएको तथा दुखसुखमा साथ दिँदै आएकाहरु भएकाले यसपालि आफुहरुले जसपाका उम्मेदवारलाई मत दिने उनीहरुको भनाई रहेको थियो । स्थानीय जनताले यसपाली जसपा–एमाले गठबन्धनका उम्मेदवार उम्मेद्वारलाई जिताउने बचनबद्धता प्रकट गरेका छन् ।

घरदैलो अभियान पर्सागढी नगरपालिकाको टोल–टोलमा पुगेको छ भने जहाँ जाँदा पनि जनताको अपार समर्थन मिलेको प्रतिनिधी सभाका साझा उम्मेदवार कुर्मीले बताउनु भयो । भोट माग्दै उम्मेद्वारसहितको टोली नगरपालिकाको विभिन्न टोलमा पुगेको थियो ।

चुनावी घरदैलो कार्यक्रममा जसपाका जिल्ला सचिव तबरेज अहमदका साथै जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता थियो ।

सम्बन्धित खबर

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily