Aadarsh-Daily

पर्सा क्षेत्र नं ३ मा चल्यो एमाले प्रवेश गर्नेहरुको लहर , नेता गुप्ताको जित सुनिश्चित।

ad-4p

वीरगन्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमाले प्रवेश गर्नेहरुको लहर चलेको छ । देशको बिकाश , समृद्धि र देशको सच्चा पहरेदार नेकपा एमाले भएको भन्दै दैनिक पाँच सय जनाले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरिरहेका छन् ।

content ad p2

आज बहुदरमाईको नगरपालिकाको वडा नं ७ मा आयोजित अगुवा तथा कार्यकर्ता भेला बैठकमा नेपाली कांग्रेसका नेता सुरेश साह र नेकपा माओवादी केन्द्रका कमलेश साहसहित दुई सय जनाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

content left

त्यस्तै कार्यकर्ता भेटघाटको क्रममा पर्साको सखुवा प्रसौनी गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी दुई सय जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टी पर्सा जिल्ला कमिटी सदस्य एवं सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रत्यासी हरीन्द्र दास चौधरी लगायत दुई सय जनाले एमालेमा प्रवेश गरेका छन् ।

नवप्रबेशीहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं पर्सा जिल्ला क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले खाँदा र अबीर लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार मंजूर अंसारी , समानुपातिक उम्मेदवार तेजप्रकाश निषाद , नेकपा एमालेका नेता शिव पटेल , संजिव मिश्रा , मोहमद निजाम , मन्तुरा देवी , रवि गुप्ता , कृष्ण कुशवाहा लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily