Aadarsh-Daily

जसपा एमालेको घरदैलो कार्यक्रम आज पर्सागढी न.पाको हरपुरमा सम्पन्न

ad-4p
content left

वीरगञ्ज, २२ कात्तिक : जसपा–एमाले गठबन्धनबाट प्रतिनिधी सभाका साझा उम्मेदवार बनेका सुरेन्द्र कुर्मीले गठबन्धनका कारण जित सुनिश्चित भएको बताएका छन् ।

content ad p2

जसपा एमालेको संयुक्त घरदैलो कार्यक्रम आज पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरमा सम्पन्न भएको छ । घरदैलोमा प्रतिनिधि सभाका उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेश सभा सदस्यका उम्मेदवार रामनरेश यादवले गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।
चुनावी घरदैलो अभियानका क्रममा कुर्मीले गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते कुर्नुपरेको बताएका हुन् । घरदैलो अभियानका क्रममा क्षेत्र नम्बर २ को पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुर क्षेत्रमा मतदाताहरूसँग भेटघाट गरेका थिए । उनले आफू नागरिकमाझ काम गर्न सक्ने प्रतिवद्धतामात्रै लिएर उपस्थित भएको बताए । निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका कुर्मीले गठबन्धनले बोलेको गर्ने र सक्ने मात्रै बोल्ने बताए ।
कुर्मीले भने ‘हामी आम नागरिकमाझ गर्नसक्ने प्रतिवद्धता लिएर आएका छौँ । जे सक्छौँ त्यो गर्छौँ, जे बोल्छौँ, त्यो गर्छौँ । आज हामी गठबन्धन चुनावी घरदैलोको क्रममा छौँ । घरदैलो अभियान एकदमै उत्साहपूर्वक छ ।
कार्यकर्ता र जनसमुदायले आगामी जितको लागि स्वागत गरिरहनुभएको छ । हाम्रो एजेण्डामा राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । गबठन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महसुस गरिरहेका छौँ । हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ ।’
चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

समानुपातिक सांसदसँग आज प्रधानमन्त्री शाहले अन्तरक्रिया गर्दै

Aadarsh Daily

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily