Aadarsh-Daily

यस पटक गठबन्धनको जित निश्चित हुन्छ : उम्मेदवारद्वय कुर्मी र यादव ।

ad-4p

पर्सा निर्वाचन क्षेत्र नं. २ बाट गठबन्धन गरी उम्मेदवारी दिएका एमाले र जसपाका उम्मेदवारहरु सँगसँगै मतदाताको घरदैलोमा पुगी भोट माग्दै छन् । सो क्रममा उनीहरूले मतदाताबाट आर्शीवाद लिँदै चुनावी अभियानलाई तिव्रता दिएका छन् ।

content ad p2
content left

जसपा एमालेको संयुक्त घरदैलो कार्यक्रम आज पर्सागढी नगरपालिका वाडा नं. ६ र ७ चैनपुर ,टिकुलिया टोलमा सम्पन्न भएको छ । घरदैलोमा क्षेत्र २ का प्रतिनिधि सभाका उम्मेदवार सुरेन्द्र कुर्मी र क्षेत्र २ को (क) का उम्मेदवार रामनरेस प्रसाद यादवले छातामा मतदान गर्न आग्रह गरेका थिए ।

उहाँहरूले पर्सागढी नगरपालिका वाडा नं. ६ र ७ चैनपुर ,टिकुलिया टोलमा पुगेर मतदाताहरुसँग आफूहरुलाई मतदात गरी विजय गराउन आग्रह गरेका थिए ।

जनताको घरदैलोमा पुगेका कुर्मी र यादवलाई भने मतदाताहरुले रुचाउन थालेका छन् । यसक्षेत्रमा विकास र समृद्धिको लहर ल्याउने दुवै उमेदवारले प्रतिवद्धता जनाएका छन् । चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

समानुपातिक सांसदसँग आज प्रधानमन्त्री शाहले अन्तरक्रिया गर्दै

Aadarsh Daily

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily