
वीरगन्ज । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताको विशेष पहलमा जसपा पार्टीका पोखरीया नगर कमिटी अध्यक्ष एवं पूर्व उपाध्यक्ष गोवर्धन यादव लगायत जसपा पार्टीबाट दर्जनौं नेता र कार्यकर्ता पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले पोखरीया नगर कमिटीको कार्यालय पोखरीयामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशी हरूलाई पार्टीका केन्द्रिय सदस्य एवं पर्सा जिल्ला क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार गुप्ताले टिका लगाई स्वागत गरेका थिए । देशमा सम्पूर्ण उत्पीड़ित जनताहरुको हक अधिकारको सुनिश्चितता तथा समाजवादको आधार निर्माण गर्न नेकपा एमालेको सरकार हुनुपर्ने ठहर गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुप्ताले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए त्यसैले आउँदो ४ गते हुने निर्वाचनमा नेकपा एमालेमा मतदान गरी विजयी बनाउन आग्रह गरे र म चुनाव जिते जनताको बीचमा रहेर काम गर्नेछु । माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठ गाँठलाई मापसे सरकारको संज्ञा दिदै वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनको भनाई छ । पर्साको क्षेत्र नं ३ जस्तै देशै भरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन : नेतृत्वमा आउँने उद्घोष गरे ।
उक्त कार्यक्रममा पार्टीका कार्यक्रम पोखरीया नगर कमिटीका बिधाचल ठाकुर , भग्वान कुर्मी , पोखरीया नगरपालिका नगर प्रमुख एवम प्रदेश कमिटी सदस्य प्रधूमण चौहान , राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष महमद निजाम , पुरन कुर्मी , सन्तोष गिरी लगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो।

