Aadarsh-Daily

पांच दलिय ठग गठबन्धनबाट देश र जनताको भलो नहुने नेता राजकुमार गुप्ता

ad-4p

वीरगञ्ज, २५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले भ्रष्टचारी सरकार र यो ठग गठबन्धनबाट देश र जनताको भलो नहुने भएकोले आउँदो निर्वाचनमा एमालेलाई मतदान गरी विजयी गराउन आग्रह गरेका हुन् ।

content ad p2
content left

नेकपा एमाले बहुदरमाई नगर कमिटीको आयोजनामा गरिएको घरदैलो कार्यक्रममा नेता गुप्ताले देशमा सम्पूर्ण उत्पीडित जनताहरुको हक अधिकारको सुनिश्चितता तथा समाजवादको आधार निर्माण गर्न नेकपा एमालेको सरकार हुनुपर्ने ठहर गर्दै एमाले मै आफ्नो अमूल्य मत दिन मतदाताहरुसँग आग्रह गरे ।

घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुप्ताले वर्तमान सरकार मात्र भ्रष्टचारमा लिप्त भएर ठहर गर्दै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए त्यसैले आउँदो ४ गते हुने निर्वाचनमा नेकपा एमालेमा मतदान गरी विजयी बनाउन आग्रह गरे
पर्साको क्षेत्र नम्बर ३ जस्तै देशै भरी नेकपा लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन : नेतृत्वमा आउँने दाबी गरे ।

आज बहुदरमाई नगरपालिकाको राम्नगरी, फुलकवल र गोवरथावला लगायतको गाउँमा सयौंको संख्यामा नेता गुप्ताले घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् ।
उक्त कार्यक्रममा पार्टीका कार्यक्रम प्रदेश सभा सदस्य उम्मेदवार डा. मधु गुप्ता , जिल्ला कमिटी उप सचिव संजिव मिश्रा, प्रदेश कमिटी सदस्य शिव पटेल, राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष महमद निजाम, नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहा, नेता श्याम बञ्जारा, पुरन कुर्मी, विधाचल ठाकुर, सुषमा कुशवाहा, कृष्ण कुशवाहा, लगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily