Aadarsh-Daily

जसपा एमालेको घरदैलो कार्यक्रम आज बिरगंज छपकैयामा सम्पन्न

ad-4p
content left

जसपा–एमाले गठबन्धनबाट प्रतिनिधी सभाका साझा उम्मेदवार बनेका सुरेन्द्र कुर्मीले गठबन्धनका कारण जित सुनिश्चित भएको बताएका छन् ।

content ad p2

जसपा एमालेको संयुक्त घरदैलो कार्यक्रम आज बिरगंज महानगरपालिका वडा नम्बर छपकैयामा सम्पन्न भएको छ । घरदैलोमा प्रतिनिधि सभाका उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेश सभा सदस्यका उम्मेदवार हरेराम पटेलले गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।
चुनावी घरदैलो अभियानका क्रममा कुर्मीले गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते कुर्नुपरेको बताएका हुन् । घरदैलो अभियानका क्रममा क्षेत्र नम्बर २ को बिरगंज महा क्षेत्रमा मतदाताहरूसँग भेटघाट गरेका थिए । उनले आफू नागरिकमाझ काम गर्न सक्ने प्रतिवद्धतामात्रै लिएर उपस्थित भएको बताए । निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका कुर्मीले गठबन्धनले बोलेको गर्ने र सक्ने मात्रै बोल्ने बताए ।
कुर्मीले भने ‘हामी आम नागरिकमाझ गर्नसक्ने प्रतिवद्धता लिएर आएका छौँ । जे सक्छौँ त्यो गर्छौँ, जे बोल्छौँ, त्यो गर्छौँ । आज हामी गठबन्धन चुनावी घरदैलोको क्रममा छौँ । घरदैलो अभियान एकदमै उत्साहपूर्वक छ ।
कार्यकर्ता र जनसमुदायले आगामी जितको लागि स्वागत गरिरहनुभएको छ । हाम्रो एजेण्डामा राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । गबठन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महसुस गरिरहेका छौँ । हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ ।’
चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

कार्की आयोगको प्रतिवेदन लुकाएको आरोप: माइतीघरमा युवाहरूको कडा प्रदर्शन

Aadarsh Daily

वीरगन्जबाट काठमाडौं लैजाँदै गरिएको ५२ हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित दुई जना प्रहरीको फन्दामा

Aadarsh Daily

सर्वोच्चले दिएन अन्तरिम आदेश: धनुषा–१ मा मातृका यादव विजयी मान्य

Aadarsh Daily