Aadarsh-Daily

वीरगन्जमा बेन्च प्रेस प्रतियोगिता आज सम्पन्न

ad-4p
content left

वीरगन्ज । पर्साको वीरगन्जमा बेन्च प्रेस प्रतियोगिता आज सम्पन्न भएको छ । पब्लिक फिटनेस सेन्टरको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । वीरगन्जको केन्द्रमा रहेको माइस्थान पार्कमा आयोजना गरिएको प्रतियोगितामा महिला र पुरुष गरि दुई समुहले भाग लिएका हुन । वीरगन्जमा सम्भवतः पहिलो पटक खुल्ला ठाउँमा बेन्च प्रेस प्रतियोगिता र त्यसमा पनि महिलाहरूको सहभागीतामा पहिलो कार्यक्रम रहेको पब्लिक फिटनेस सेन्टरका सञ्चालक करण यादवले बताए । महिला तर्फ रबिता श्रेष्ठ, रेशमा खातुन, सम्रिधी पटेल र पुरुष तर्फ सन्नी उपाध्याय, रबि कान्त दुवे सुधिर कुमार साह, राहुल कुमार कलवार, खालिद हुसेन, आसिफ अंसारी, सोहेल खान, सागर गुप्ता, धिरज रोए, अकरम हुसेन, सुमित पटेल, अमित पटेल, विजय राम, विशाल यादव, अस्तफाक आलम, इन्द्रजित महतो, बब्लु सरार्फ, रोशन साह, प्रेम सरार्फ, धिरजले खेल प्रतियोगितामा भाग लिएका थिए । सहभागीहरु मध्ये महिला तर्फ २० किलोमा रेशमा खातुन प्रथम र पुरुष तर्फ १२०किलोमा अकरम हुसेन प्रथम र दोस्रो प्रेम कलवार भएका हुनु । सेन्टरका सञ्चालक यादवको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उधोगी, साहित्यकार र खेलप्रेमी गणेश लाठ, विशिष्ट अतिथिमा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल, नेतृ सुष्मा तिवारी, समाजिक अभिन्ता राजन श्रीवास्तव, अनिश कान्त कुश्वाहा लगायतको उपस्थित रहेको थियो ।

content ad p2

सम्बन्धित खबर

एनपीएल : विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हरायो

Aadarsh Daily

यूएईले एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट फाइनलमा नेपाललाई १४८ रनको लक्ष्य दियो

Aadarsh Daily

चितवनलाई ५३ रनले हराउँदै काठमान्डुकाे तेस्राे जीत

Aadarsh Daily