Aadarsh-Daily

पाकिस्तानलाई हराउँदै इङ्ल्यान्डले जित्यो विश्वकपको उपाधि

ad-4p

अस्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनल खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको हो ।

content ad p2

पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इङ्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो ।

content left

इङ्ल्यान्डका लागि बेन स्टोक्सले ५२, जोस बटलरले २६, ह्यारी ब्रुकले २०, मोइनल अलीले १९ र फिल साल्टले १० रन बनाए ।

पाकिस्तानका लागि ह्यारिश रौफले दुई, शाहिन शाह अफ्रिदी र शादब खानले एक–एक विकेट लिए ।

यसअघि टस हारेर  ब्याटिङको निम्तो पाएको पाकिस्तानले आठ विकेटको क्षतिमा १३७ रन बनाएको थियो । पाकिस्तानका लागि शान मक्सुदले ३८, बाबर आजमले ३२, शादब खानले २० र मोहम्मद रिजवानले १५ रन बनाए ।

इङ्ल्यान्डका लागि साम कुरानले तीन, अदिल शसिद र क्रिस जोर्डनले दुई–दुई तथा बेन स्टोक्सले एक विकेट लिएका थिए ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily