Aadarsh-Daily

निर्वाचन सुरक्षा प्रभावकारी बनाउन वीरगञ्जको सिमा नाका सील

ad-4p

वीरगञ्ज, २ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा प्रभावकारी बनाउन वीरगञ्ज नाका बन्द गरिएको छ ।

content ad p2

स्थानीय प्रशासनले बिहीबार मध्यरातदेखि नेपाल भारत सिमाना सील गरेपछि यो नाकामा रहेका ३ ओटा भन्सार पनि बन्द भएका छन् । निर्वाचनलाई भयरहित, निष्पक्ष र स्वतन्त्र बनाउन ७२ घण्टाका लागि सीमाबाट सबै प्रकारको आवागमन बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

content left

निर्वाचनमा विभिन्न खालका आपराधिक क्रियाकलाप हुनसक्ने र यसले दुवैदेशको शान्ति सुव्यावस्थामा खलल पु¥याउने भएकोले दुवैतर्फ आवत जावत बन्द गरिने प्रचलन अनुसार गएको मध्यरातिदेखि मतदानको दिन बेलुकासम्म सीमानाकाबाट आवतजावतमा पूर्ण रुपमा रोक लगाईएको छ । वीरगञ्ज रक्सौल नाकामा नेपालतर्फ गेट लगाईएको छ ।

दुवैतर्फ सीमानाका बन्द गरेर सुरक्षा सतर्कता बढाईएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार सीमा सील भएसँगै आयातनिर्यात पनि रोकिएको छ । साविकको वीरगञ्ज भन्सार, आईसीपी र सुक्खा बन्दरगाह भन्सारबाट शुक्रबारदेखि मालबस्तुको आयातनिर्यात रोकिएको हो ।

नेपालका लागि आएका ढुवानीका साधन भारतीय क्षेत्रका सडककै लाम लगाइएको छ । सरकारले चुनावका लागि आइतबार र सोमबार २ दिन सार्वजनिक बिदा दिएकाले भन्सार कार्यालयहरू मंसिर ६ गतेदेखि खुल्ने बरुवालले बताए ।  सीमानाबाट अन्य अवागमन भने मतदान सकिएकै दिन आइतबार मध्यरातपछि खुल्ने प्रशासनको सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily