Aadarsh-Daily

पर्सा २ (क) मा कांग्रेसका पटेल निर्वाचित

ad-4p

विरगञ्ज, ६ मंसिर । पर्सा क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मतले पराजित गर्दै पटेल निर्वाचित भएका हुन् ।

content ad p2
content left

नेपाली कांग्रेस पर्साका पूर्व सचिवसमेत रहेका पटेलले १३ हजार ७ सय ८४ मत ल्याउँदा यादवले १२ हजार १ सय २७ ल्याएका छन् ।

पटेल युवाहरुको माझमा पनि लोकप्रिय छन् । यसअघिको निर्वाचनमा उनले टिकट पाएका थिएनन् । त्यस्तै जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा पनि उम्मेदवारी दिएका पटेल जनार्दन सिंह क्षेत्रीसँग पराजित भएका थिए ।

जसपा पर्साका जिल्ला अध्यक्षसमेत रहेका यादवको यो दोस्रो हार हो । यसअघि २०७४ सालको प्रदेश सभा सदस्यको निर्वाचनमा पनि नेपाली कांग्रेसका राजेश्वर प्रसाद साहसँग १ सय ८० मतले पराजित भएका थिए ।

सम्बन्धित खबर

जीतपुरमा लागूऔषधको आशंकामा २६ वर्षीय युवक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

Aadarsh Daily

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily