Aadarsh-Daily

पर्सा २ (क) मा कांग्रेसका पटेल निर्वाचित

ad-4p

विरगञ्ज, ६ मंसिर । पर्सा क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मतले पराजित गर्दै पटेल निर्वाचित भएका हुन् ।

content ad p2
content left

नेपाली कांग्रेस पर्साका पूर्व सचिवसमेत रहेका पटेलले १३ हजार ७ सय ८४ मत ल्याउँदा यादवले १२ हजार १ सय २७ ल्याएका छन् ।

पटेल युवाहरुको माझमा पनि लोकप्रिय छन् । यसअघिको निर्वाचनमा उनले टिकट पाएका थिएनन् । त्यस्तै जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा पनि उम्मेदवारी दिएका पटेल जनार्दन सिंह क्षेत्रीसँग पराजित भएका थिए ।

जसपा पर्साका जिल्ला अध्यक्षसमेत रहेका यादवको यो दोस्रो हार हो । यसअघि २०७४ सालको प्रदेश सभा सदस्यको निर्वाचनमा पनि नेपाली कांग्रेसका राजेश्वर प्रसाद साहसँग १ सय ८० मतले पराजित भएका थिए ।

सम्बन्धित खबर

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

सम्पत्ति छानबिन समिति अझै बनेन, १५ दिने प्रतिबद्धता अपूरो

Aadarsh Daily

लामिछाने प्रकरणमा सर्वोच्चको हस्तक्षेप—‘जटिल कानुनी प्रश्न’ भन्दै पूर्ण इजलासमा पठाउने आदेश

Aadarsh Daily