Aadarsh-Daily

एउटै परिवारका दम्पतीसहित ३ जना सांसदमा निर्वाचित

ad-4p

वीरगञ्ज, ११ मंसिर । एउटै घरबाट ३ जना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा (एमाले) बाट एक दम्पती नै प्रत्यक्षमा चुनाव जितेर प्रतिनिधि सभामा सांसद चुनिएका हुन् ।

content ad p2

एमाले सचिव रघुवीर महासेठ र एमालेकी केन्द्रीय सदस्य जुली महतोको दम्पती एकै जिल्लाबाट प्रत्यक्षमा चुनाव जितेर सांसद चुनिएको हो ।

जुलीले धनुषा ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९ हजार ६ सय ६९ मतान्तरले पराजित गरेकी हुन् । जुलीले ३३ हजार ३ सय ५५ मत पाइन् भने अनिल झाले २३ हजार ६ सय ८६ मत ल्याए ।

समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी जुली पहिलो पटक प्रत्यक्षमा निर्वाचित भएकी हुन् ।

content left

उनका श्रीमान् रघुवीर महासेठले धनुषा क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवारलाई हराउँदै जित हात पारेका हुन् ।

रघुवीरले कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन् । रघुवीरले ३२ हजार २ सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार १ सय १२ मत पाएका छन् ।

२०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए । रघुवीर र जुली दुबै जना यसअघि मन्त्री भइसकेका छन् ।

जुलीका दाजु वीरेन्द्र महतो पनि यसपालिको चुनावमा विजयी भएका छन् । जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका उनले सिराहा–४ बाट जित हात पारेका छन् ।

यसपालिको चुनावमा नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि प्रत्यक्षमा चुनाव लडेका थिए । वर्षमानले रोल्पाबाट चुनाव जित्दा ओनसरी काठमाडौं–२ मा पराजित भएकी छन् ।
 

 

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily