Aadarsh-Daily

पर्साका युवा पत्रकार नरेश सर्राफको हृदयघातबाट निधन

ad-4p

वीरगञ्ज, १५ मंसिर । हृदयघातबाट पर्साका युवा पत्रकार नरेश सर्राफको निधन भएको छ ।

content ad p2
content left

विभिन्न स्थानीय तथा राष्ट्रिय स्तरको सञ्चार संस्थामा कार्यकर्ता सर्राफको आज (बिहिबार) बिहान हृदयघातका कारण निधन भएको हो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सदस्यसमेत रहेका सर्राफको ३८ वर्षकै अल्पायुमा हृदयघातका कारण निधन भएको हो । बिहानको शारिरीक व्यायमका क्रममा एक्कासी लडेपछि सर्राफलाई आज बिहान परिवारका सदस्यले यहाँस्थित नारायणी अस्पतालमा भर्ना गराएका थिए ।
यद्दपी अस्पताल भर्ना गर्नभन्दा पहिलानै उनको मृत्यु भइसकेको चिकित्सकले बताएका छन् । नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. सरोज रोशन दासका अनुसार अस्पताल ल्याउँदा बाटोमै उनको मृत्यु भइसकेको थियो । अस्पतालको आपतकालीन वार्डमा सर्राफलाई मृत घोषणा गरिएको थियो ।

सर्राफ विगत डेढ दशकदेखि वीरगञ्जलाई आफ्नो कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका थिए । सगरमाथा टेलिभिजनको पर्सा जिल्ला संवाददातासँगै राष्ट्र सन्देश अनलाईनका अध्यक्षसमेत रहेका सर्राफ समाजवादी प्रेस संगठनसँग पनि आबद्ध थिए ।
उनको निधनले पर्सेली पत्रकारिताको क्षेत्रमा अपुर्णिय क्षती पुगेको छ । पत्रकार जगतमा शोक छाएको छ ।
सर्राफको शव अहिले पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

सम्बन्धित खबर

गलत उपचार र लापरबाहीले बिरामीको ज्यान लियो—-वीरगञ्जको प्रभु अस्पताल प्रकरणमा डा. गुप्तामाथि अनुशासनात्मक कारबाही

Aadarsh Daily

कार्की आयोगको प्रतिवेदन लुकाएको आरोप: माइतीघरमा युवाहरूको कडा प्रदर्शन

Aadarsh Daily

वीरगन्जबाट काठमाडौं लैजाँदै गरिएको ५२ हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित दुई जना प्रहरीको फन्दामा

Aadarsh Daily