Aadarsh-Daily

ब्लड बैंक वीरगंजबाट बहुदरमाई नगरपालिकाको जनताले निःशुल्क रगत पाउने

ad-4p

ब्लड बैंक वीरगंजबाट पर्साको बहुदरमाई नगरपालिकाका जनताले अब निःशुल्क रगत पाउने भएका छन ।नगरपालिकाको जनतामा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने योजना अन्तर्गत नगरपालिकाले आफ्नो जनतालाई बिरामी अवस्थामा रगत आवश्यक हुंदा निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाईटी पर्सा शाखासँग सम्झौता गरिएको नगरपालिका उप-प्रमुख सुष्मा कुशवाहाले बताउनुभयो ।

content ad p2
content left

रेडक्रस सोसाईटी पर्सा शाखाको कार्यालयमा आयोजित एक कार्यक्रममा शाखा कोषाध्यक्ष महन्त प्रसाद यादव र नगरपालिका नगर प्रमुख सिहासन साहले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार बिरामी अवस्थामा उपचारको क्रममा डाक्टरको सिफारिसमा रगत आवश्यक हुंदा पालिकाको बासिन्दा प्रमाणित हुने परिचय पत्रको आधारमा र कर्मचारीको हकमा पालिकाको सिफारिसको आधारमा रक्तसंचार केन्द्रले निःशुल्क रगत उपलब्ध गराउनु पर्ने छ ।

रगत उपलब्ध गराएको बापत लागेको शुल्क नगरपालिकाले बेहोर्ने सम्झौता भएको रेडक्रस पर्सा शाखाका कोषाध्यक्ष महन्त प्रसाद यादवले जानकारी दिनुभयो । सम्झौता तथा चेक हस्तान्तरण कार्यक्रममा रेडक्रस पर्साको कोषाध्यक्ष महन्त प्रसाद यादव‚ नगर प्रमुख सिहासन साह बहुदरमाई नगरपालिकाका उप-प्रमुख सुष्मा कुशवाहा , प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेती ज्यूको उपस्थिति रहेको रेडक्रस पर्साका नि. कार्यालय प्रमुख बिरशमसेर कुर्मीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily