Aadarsh-Daily

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न अनुगमनमा कडाई गर्दै वीरगञ्ज महानगर, एकै दिन ९ शिक्षकसँग स्पष्टिकरण माग

ad-4p

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि अनुगमनलाई कडाई गरेको छ चल्नु पर्ने विद्यालय ३ बजे भन्दा अघि नै बन्द भएको पाइएकाले अनुगमन टोलीले विद्यालयका प्रधानाध्यापकलाई नै स्पष्टिकरण माग गरेको छ ।

content ad p2

यस्तै आजै वडा नम्वर १५ भेडियाहीको हरिहरसर्राफ चम्पादेवी आधारभुत विद्यालय पुगेको टोलीले त्यहाँ पनि शिक्षक अनुपस्थित रहेको भेट्टायो ।

२ जना शिक्षक अनुपस्थित रहेको र त्यस बारेमा प्रधानाध्यापकले पनि चित्तबुझ्दो जवाफ नदिएपछि शिक्षक सहित प्रधानाध्यापकलाई स्पष्टिकरण माग गरिएको छ ।

content left

अनुगमनमा नभेटिएका शिक्षकको हाजिरी रोक्नुका साथै तलब कट्टा गर्न पनि प्रधानाध्यापकलाई निर्देशन दिएको शिक्षा महाशाखा प्रमुख कर्णले जानकारी दिए ।

सामुदायिक विद्यालयको पठन पाठन गुणस्तरीय बनाउन अनुगमनलाई निरन्तरता दिने र विना जानकारी विद्यालय नआउने शिक्षकलाई कारबाही गरिने उनले बताए ।

महानगरका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालय सुधार आफूहरुको पहिलो प्राथमिकता रहेकाले लापरवाही गर्ने शिक्षकहरुलाई कारबाही गर्न निर्देशन दिए ।

विद्यालयमा चाहिने आवश्यक पूर्वाधार निर्माणमा आफूहरु लागि परेको भन्दै विद्यार्थीलाई पढाउन खटिएका शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान पनि गरे ।

 

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily