Aadarsh-Daily

समानुपातिकमा सिटभन्दा बढीको नाम सिफारिस भएपछि जसपामा भाँडभैलो

ad-4p

वीरगञ्ज, २६ मंसिर ।  जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशमा समानुपातिकमा पाएको सिटभन्दा धेरैको नाम सिफारिस गरेपछि पार्टीभित्र भाँडभैलो भएको छ ।

content ad p2
content left

जसपाले मधेस प्रदेशमा समानुपातिकतर्फ ७ सिट जितेको छ । तर, पार्टीभित्र नाममा सहमति हुन नसकेपछि जसपाले १० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको थियो । जसपाको मधेस प्रदेशमा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ७ गरी कुल १६ सिट छ । समानुपातिकमा पाएको ७ सिटमध्ये ६ जना महिला र एक पुरुषको नाम सिफारिस गर्नुपर्ने हो । तर, जसपाले ७ महिला र ३ पुरुषको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

जसपाले अल्पसंख्यकबाट मनिष सुमन, मुस्लिमबाट युसुफ अली र दलितबाट चन्देश्वर सदाको नाम सिफारिस गरेको छ । त्यसैरी, महिलातर्फ विन्दुकुमारी यादव, किरण कुमारी साह, शोभा देवी, सञ्जिला कुमारी यादव, ललिता दास, सैदा खातुन र ममता मण्डलको नाम सिफारिस गरेको छ ।
सात जनाको नाम सिफारिस गर्नु पर्नेमा १० जनाको नाम सिफारिस गरिएपछि जसपाभित्र भाँडभैलो भएको हो । जसपाका प्रवक्ता मनिष सुमनले पार्र्टीभित्र आकांक्षी बढी भएकाले कोटाभन्दा बढीको नाम सिफारिस भएको बताए ।

शिलापत्रसँग कुराकानी गर्दै प्रवक्ता सुमनले भने, ‘समानुपातिक कोटामा सांसद बन्ने पार्टीभित्र ४२ जना अकांक्षी थिए । त्यसमध्ये १० जनाको नाम हामीले निर्वाचन आयोगमा पठायौं । अब आज पुनः छलफल गरेर फेरि ७ जनाको नाम मात्रै पठाउने तयारी भइरहेको छ ।’
समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउन बिहान ११ बजे बैठक बोलाइएको उनले बताए । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको नाम सच्याउन निर्वाचन आयोगले आज अपराह्न ४ बजेसम्मको समयसीमा दलहरुलाई दिएको छ । शिलापत्रमा खबर छ।

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily