Aadarsh-Daily

लोसपा पनि सरकारमा सहभागी हुदै

 

ad-4p

वीरगञ्ज, २७ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।

content ad p2
content left

पार्टीका शीर्ष नेताहरुबीचको बैठकले सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णयगरेको हो ।

चुनावमा सत्ता गठबन्धनसँग तालमेल गरेको कारण अब सरकारमा पनि समर्थन गर्ने बैठकले निर्णय गरेको हो । पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्ने बताए ।
उनले भने, ‘हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई समर्थन मात्र होइन, त्यसमा सहभागी नै हुने हो । अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्छौं ।’

प्रतिनिधि सभामा ४ वटा सिट जितेको लोसपाले कार्यकारिणी समितिको बैठक केही दिनमा बसेर यसबो थप निर्णय गर्ने भएको हो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily