Aadarsh-Daily

कतार विश्वकप : फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

ad-4p

वीरगञ्ज, २९ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् ।

content ad p2

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ ।

content left

साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो ।

अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो । फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा आइतबार राति ८:४५ बजे सुरु हुनेछ ।

सन् २०१८ को विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराएको थियो ।

हालसम्म फ्रान्स र अर्जेन्टिनाले समान दुई पटक विश्वकपको उपाधि हात पारेका छन् ।

सम्बन्धित खबर

प्रधानमन्त्री कप उपाधि त्रिभुवन आर्मीलाई, सुदूरपश्चिम ५ विकेटले पराजित

Aadarsh Daily

अम्पायरप्रति टिप्पणी महँगो पर्‍यो, करण केसीलाई एक खेल निलम्बन

Aadarsh Daily

एनपीएल : विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हरायो

Aadarsh Daily