Aadarsh-Daily

बाराको निजगढमा रुखबाट खसेर एकजनाको मृत्यु

ad-4p

वीरगञ्ज । बाराको निजगढ नगरपालिका वडा नं १ का एक बृद्धको रुखबाट खसेर मृत्यु भएको छ । निजगढ नगरपालिकामा सडक हेरालुका रुपमा कार्यरत पुर्णबहादुर तिमल्सिनाको रौतहटको जंगलमा रुखबाट खसेर मृत्यु भएको हो ।

content ad p2
content left

६५ वर्षिय तिमल्सिना विहिबार अपरान्ह ३ बजेतिर बाख्रालाई घाँस लिन भन्दै जंगल गएका छिमेकी राधाकृष्ण सापकोटाले बताए । करिब २० मिटर उचाईबाट खसेका तिमल्सिना बजारिएको स्थानबाट ३ मिटर जति पर कोल्टे घोप्टो अवस्थामा मृत फेला परेका स्थानियले बताएका छन् ।

तिमल्सिना २०७३ सालदेखी नगरपालिका मातहत ज्यालादारीमा सडक हेरालुका रुपमा काम गर्दै आएका थिए । नगरपालिकाका सव ईन्जिनियर नवीन खनालले उनको शव पोष्ट्मार्टमका लागी चन्द्रपुर अस्पताल पठाईएको बताए ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily