Aadarsh-Daily

धूमधामका साथ मनाइयो पर्सागढी विजय महोत्सव

ad-4p

२०८औं वर्षको विजयी महोत्सव पर्सागढी नगरपालिकामा मङ्गलवार मनाइएको छ ।

content ad p2

तत्कालीन ब्रिटिश सेनालाई पराजित गरेको उपलक्ष्यमा पर्सागढी नगरपालिकाले विजय उत्सव मनाउँदै आएको हो । यसै क्रममा आज नगरपालिका कार्यालयबाट विजय जुलुस निकालेर चार गाउँ झिङ्गना, बागेश्वरी, रमौली र हरपुरबीचमा रहेको पर्सागढी मन्दिरमा पुगेर समापन भएको थियो । महोत्सवका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसियाले नेपाल अङ्ग्रेजहरूको गुलाम हुनबाट बचाउन देशभरका अन्य किल्लाजस्तै पर्सागढी किल्ला पनि एक रहेको बताए ।

उनले नेपालमैं पर्सागढीको नाम यो किल्लाको कारण चर्चामा रहेको भन्दै पर्सागढी नगरपालिकाले आफ्नो पहिचान बढाउनको लागि पनि यसको विकास गर्नुपर्ने बताए । जिल्लाकै पहिचान बनाउन पर्सागढीको यो किल्लाको विकास गरिनुपर्ने उनले बताए ।

content left

नगरप्रमुख गोकर्ण पाठकले ऐतिहासिक मन्दिरको विकासमा नगरपालिकाले भरपूर सहयोग गर्ने बताए । उनले चारवटा गाउँको बीचमा रहेको पर्सागढी मन्दिरमा आउजाउको लागि नदीमा पुल बनाउनुपर्ने र यसबाट पर्यटक भिœयाउन सकिने बताए ।

पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, उपप्रमुख पूजा चौधरी, नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य रामचन्द्र साह, पूर्वनगरप्रमुख लोकनारायण यादव, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललगायतको सहभागिता थियो । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सदस्य अखिलेश चौधरीले स्वागत र भागवत चौधरीले सहजीकरण गरेका थिए ।

१८७१ पुस १९ गते स्थानीय रञ्जीत चौधरीको कुशल युद्ध नीति र स्थानीयवासीको सक्रियतामा गोर्खाली सेनाले आधुनिक हतियारले सुसज्जित ब्रिटिश सेनामाथि ऐतिहासिक विजय हासिल गरेको अवसरमा पर्सागढी महोत्सव मनाइँदै आइएको हो । तत्कालीन अवस्थामा ब्रिटिश सेनाहरू रातिको समयमा पर्सागढी क्षेत्रमा विश्राम गरिरहेको बेला स्थानीयले हातहतियार र राँगाभैंसीको सिङमा मशाल बालेर उक्त युद्ध लडिएको थियो । त्यसमा दर्जनौं ब्रिटिश सेना हताहत भएका थिए ।

नेपालका तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले पर्सागढी मन्दिरलाई वीरताको रूपमा पहिचान कायम गर्न स्थानीय रञ्जीत चौधरीलाई संरक्षण गर्न दिएका थिए । त्यही रञ्जीत चौधरीको सातौं पुस्ताको रूपमा अहिले बृजमोहन चौधरीको परिवार चिनिन्छ ।

मन्दिरमा पहिले धेरै जग्गा भए तापनि अहिले जम्मा एक बिघा तीन कट्ठामा मन्दिर परिसर छ भने बाँकी जग्गा स्थानीयहरूले अतिक्रमण गरेका छन् ।

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily