Aadarsh-Daily

एनआई टी-२० क्रिकेट कप – विपिसीको लगातार दोस्रो जित

ad-4p

वीरगञ्ज, २० पुष ।  वीरगञ्जमा जारी दोस्रो नेशनल इन्फोटेक टी-२० क्रिकेट कपअन्तर्गत बुधबार भएको आठौँ खेलमा वीरगञ्ज पब्लिक कलेज (विपिसी) ले लगातार दोस्रो जित हासिल गरेको छ ।

content ad p2

यहाँस्थित नारायणी रङ्गशालामा जारी खेलमा विपिसीले सत्यम पब्लिक कलेजलाई ५६ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी हासिल गरेको हो ।

content left

टस जितेर पहिलो इनीङ्गमा ब्याटीङ्ग रोजेको विपिसीले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ७३ रनको योगफल  जोड्यो । विपिसीका लागि अभिषेक यादव र नीरज कुमार यादवले बराबर सर्वाधिक ३०/३० रन बनाए । अभिषेकले २५ बलमा २ छक्का र ३ चौकाको सहाराले ३० रन बनाए भने नीरजले २३ बलमा २ चौका र ३ छक्काको सहयोगले ३० रन बनाए ।

दोस्रो इनीङ्गमा १ सय ७४ रनको टार्गेट भेटाउँन मैदानमा उत्रेको पूर्व टुर्नामेन्ट विजेता सत्यम कलेजलाई विपिसीका बलरहरुले निर्धारित २० ओभरमा ९ विकेट लिँदै १ सय १७ रनमै सिमित गरिदिए । सत्यम कलेजका लागि बल्लेबाज मुकेश मण्डलले सर्वाधिक ३५ र साजिद अन्सारीले २३ रन जोडेपनि विपिसीले दिएको लक्ष्य भेटाउन सकेन ।

यता बलिङ्ग तर्फ भने सत्यम कलेजले उत्कृष्ट प्रदर्शनी गरेको छ । सत्यमका लागि बलर एमडी इरफान अन्सारी ४ ओभरमा २४ रन खर्चिंदै ४ विकेट लिएर प्लेयर अफ द् म्याजको उपाधि पनि जितेका छन् । त्यसैगरी सत्यमकै लागी मोहम्मद अबसरले ४ ओभरमा २२ रन खर्चिंदै २ विकेट लिए । त्यस्तै विपिसी बलर कमलेश दासले ४ ओभरमा ४० रन दिँदै ३ विकेट लिए भने विशाल कुशवाहले पनि ४ ओभरमा ३१ रन खर्चिंदै २ विकेट लिए ।

टुर्नामेन्टअन्तर्गत अहिले हेटौडा स्कूल अफ म्यानेजमेन्ट र नेशनल एकेडमी विच खेल जारी छ ।

 

सम्बन्धित खबर

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily

एमालेबाट प्रदीप यादव र रिमा कुमारी यादवको उम्मेदवारी दर्ता

Aadarsh Daily