Aadarsh-Daily

चिसो नघटेपछि वीरगञ्ज महानगरले बढायो विद्यालय बिदाको अवधी

ad-4p

वीरगञ्ज, २३ पुष ।   अत्यधिक चिसो बढेसँगै वीरगञ्ज महानगरपालिकाले विद्यालय विदाको अवधी लम्ब्याएको छ । यसअघि महानगरपालिकाले १९ गते एक सूचना जारी गर्दै पुष २२ गतेसम्म विद्यालय बन्द हुने जानकारी दिएपनि चिसो झनझन बढ्दै गएपछि महानगरले विदाको अवधी थप गरेको हो ।

content ad p2
content left

शनिवार महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक सूचना सार्वजनिक गर्दै विदाको अवधी पुष २६ गतेसम्म थपिएको जानकारी गराएको छ । योसँगै अब यहाँका सामुदायिक एवम् संस्थागत विद्यालयहरु पुष २६ गतेसम्म बन्द हुने महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले जानकारी दिए ।

केही दिन यता चिसो तथा शितलहर लगातार बढीरहेको छ । चिसो मौसमका कारण बालबालिकाहरुलाई पठनपाठनमा कठीनाई हुनुका साथै विद्यालय आवतजावतमा पनि असहज हुने अवस्थालाई मध्यनजर गर्दै विदाको अवधी थपिएको महानगर प्रमुख राजेशमान सिंहले बताए ।
अहिले पछिल्लो समय थपिएको मितिसम्म पनि चिसो कम नभए फेरी पनि विदाको अवधी बढाउन सकिने बताउँदै उनले यो विदाअन्य विदाबाट मिलान गरिने पनि जानकारी गराए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily