Aadarsh-Daily

प्रचण्ड नेतृत्वको सरकारलाई जसपाले विश्वासको मत दिने

ad-4p

वीरगञ्ज, २४ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ ।

content ad p2
content left

सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय समावेश भएसँगै सरकारलाई विश्वासको मत दिने निर्णय भएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

जसपाले गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका दुई वटा सर्तहरू समेटिएको भन्दै विश्वासको मत दिने बताएको हो ।

कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा हिजो सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ । जसपाले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने विषयमा भने असहमति व्यक्त गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि २६ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily