Aadarsh-Daily

बहुदरमाई नगरपालिकाका सबै विद्यालयमा पुष २९ गतेसम्म विदा

ad-4p

वीरगञ्ज, २३ पुष ।  पर्साको बहुदरमाई नगरपालिकाले पनि विद्यालयमा विदाको अवधी थप गरेको छ ।

content ad p2
content left

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिदर प्रसाद उप्रेतीले एक सूचना जारी गर्दै विदाको अवधी बढाइएको जानकारी दिएका छन् ।

तराईका जिल्लाहरुमा हुस्सु एवम् शितलहरका कारण अत्यधिक चिसो बढ्दा पठनपाठनमा असहज हुने हुँदा छात्रछात्राहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विदा बढाइएको सूचनामा उल्लेख गरिएको छ ।
उक्त सूचनाअनुसार यसअघि पुष १९ गते जारी सूचनामा २२ गतेसम्म विदा भनिएपनि अब विदाको अवधी बढाएर २९ गतेसम्म थप गरिएको छ ।

२४ गते आईतवारदेखि २९ गतेसम्म नगरपालिकाका सामुदायिक एवम् संस्थागत विद्यालयहरु बन्द हुने बहुदरमाई नगरपालिकाका प्रमुख बिदर प्रसाद उप्रेतीले जानकारी  दिए ।

सम्बन्धित खबर

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily

रक्सौलबाट ल्याइएका अवैध ई–स्कुटरमाथि सशस्त्रको कडाइ, २२ थान नियन्त्रणमा

Aadarsh Daily

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily