Aadarsh-Daily

स्रोत नखुलेको ५३ लाख रुपैयाँसहित दुईजना पक्राउ

ad-4p

वीरगञ्ज, २५ पुष । स्रोत नखुलेको करिब ५३ लाख रुपैयाँसहित सप्तरीबाट दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन् ।

content ad p2
content left

पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर ९ देउरी बस्ने ३२ वर्षीय रामबिलास साह तेली र वडा नम्बर ७ बस्ने ५० वर्षीय मायानन्द झा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आइतबार बिहान करिब साढे ११ बजेको समयमा बोदेबरसाईन ५ बर्साइन बजारस्थित कौशल किशोर यादवको घरमा कोठा भाडा लिइ बस्ने मानिसहरूले कोठामा नेपाली रुपैयाँको हुण्डी कारोबार गरिरहेको सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँ र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको प्रहरी टोलीले अवैध रकमसहित दुबैजनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको संयुक्त टोलीले उक्त घरको कोठामा खाटमाथि कपडाले छोपिराखेको अवस्थामा २८ लाख ८९ हजार ५ सय रुपैयाँ र सोही कोठामा बसिरहेका साहले बोकेको कालो ब्यागबाट १५ लाख रुपियाँ र झाले बोकेको झोलाबाट ९ लाख रुपैयाँ गरी ५२ लाख ८९ हजार ५ सय रुपैयाँ, मोबाइल २ सेट र हिसाब लेखिएको कापी ५ थान फेला पारेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

बरामद गरिएको रकमसहित दुवैजनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily