Aadarsh-Daily

पर्सा प्रहरीले समात्यो बिल बिजकभन्दा बढीको आलमुनियम, नरिवल र बदाम लोड रहेका ट्रक

ad-4p

वीरगञ्ज, २५ पुष । बिल बिजक भन्दा बढी आलमुनियम, नरिवल र बदाम लोड रहेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

content ad p2
content left

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाबाट आलमुनियम, नरिवल र बदाम लोड रहेका ट्रक नियन्त्रणमा लिएको हो ।

नगवा स्थित सडकखण्डमा ना ६ ख ४७५६ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा पूर्वाञ्चल ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा ट्रक नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिइएको ट्रकमा रहेको रहेको अनुमानित मूल्य २९ लाख ६९ हजार ९ सय ३ रुपैयाँ बराबरको आलमुनियम, नरिवल तथा बदाम थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी आइतवार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकरी दिए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily