Aadarsh-Daily

स्ववियु निर्वाचन : ठाकुरराम क्याम्पसमा विद्यार्थी सङ्गठनले आज सङ्गठन दर्ता गराउने

ad-4p

वीरगञ्ज, १९ फागुन । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा हुने  हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँदैछन् ।

content ad p2
content left

स्ववियू निर्वाचनमा सहभागी हुन् चाहने विद्यार्थी सङ्गठनहरुले आज बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म ठाकुरराम बहुमुखी क्याम्पसमा आ–आफ्नो सङ्गठन दर्ता गराउनु पर्ने हुन्छ ।

ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेशकुमार चौरसियाका अनुसार आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए ।
यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् ।

यस्तै स्ववियू निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ ।

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily