Aadarsh-Daily

सिद्धार्थ माविबाट २०६२ सालमा एस.एल.सी उतीर्ण विद्यार्थीको होली मिलन समारोह

ad-4p

वीरगञ्ज, २० फागुन ।  वीरगञ्जस्थित सिद्धार्थ माद्यामिक विद्यालयबाट २०६२ सालमा एस.एल.सी. उतीर्ण गरेका विद्यार्थीहरुले शनिवार होली मिलन समारोह सम्पन्न गरेका छन् ।

content ad p2
content left

वीरगञ्जको भुटनदेवी मन्दिर परिसरमा होली मिलन समारोह सम्पन्न गरिएको हो । सँगै एस.एल.सी उतीर्ण गरेका विद्यार्थीहरुबिचको एकता र भातृत्वको सम्बन्ध हुनुपर्ने सन्देशस्वरुप सँगै होली मनाउने हेतुले होली मिलन समारोहको आयोजना गरिएको राकेश साहले बताए ।

२०६२ सालमा एसएलसी उतीर्ण गरेर विभिन्न क्षेत्रमा कार्यरत प्रहरी, चिकित्सक, बैंकर्स, सञ्चारकर्मी, व्यवसायी लगायतले एकआपसमा रंग लगाउँदै होलीको शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यक्रममा नरेश यादव, प्रमोदराज पटेल, राजेश्वर पटेल, फैयाज अन्सारी, दिलिप चौधरी, राकेश साह, अरबिन्द साह लगायतका विद्यार्थीहरु उपस्थित थिए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily