Aadarsh-Daily

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि, परीक्षा तालिका प्रकाशित

ad-4p

वीरगञ्ज, २१ फागुन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आइतबार समयतालिका सार्वजनिक गरेको हो ।

content ad p2

बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

content left

बोर्डले २६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ । परीक्षा तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीको लागि पुनः अर्को व्यवस्था नगरिएको बोर्डले जनाएको छ । कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित हुने छैन ।

परीक्षाको लागि चाहिने ग्राफ पेपर, चार्ट, गोश्वारा भौचर, बैंक नगदी किताब जस्ता सामाग्रीहरू स्वयं परीक्षार्थीले नै लैजानुपर्नेछ । नयाँ पाठ्यक्रम अनुसार बायोलोजी विषयको परीक्षा दिने परीक्षार्थीहरूले बोटनी र जूलोजी विषयको लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्नेछ ।

कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन परीक्षा परेको खण्डमा सूचना प्रकाशन भएको १५ दिनभित्र बोर्डका प्रदेश/शाखा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराउनुपर्ने बोर्डले जनाएको छ । परीक्षा केन्द्र परिवर्तन गर्न नपाउने र परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily