Aadarsh-Daily

एमालेले प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने.

ad-4p
content left

काठमाण्डाै – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास मत नदिने भएको छ । सोमवार बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

content ad p2

वर्तमान सरकारप्रति देशको स्थिरता, विकास र समृद्धिका लागि कुनै पनि विश्वास र भरोसा नभएकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको पार्टी संसदीय दलका सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयाे । उहाँले सरकारलाई नागरिक र संसद्प्रति उत्तरदायी बनाउने गरी संसदमा बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय पनि बैठकले गरेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ । तर एमालेले विश्वास र भरोसा नभएको भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताएको छ ।

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily