Aadarsh-Daily

महानगरले वीरगञ्जमै पहिलो पटक “रात्री बजार” लगाउँदै

ad-4p

वीरगञ्ज, ७ चैत्र । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलो पटक “रात्री बजार” लगाउने तयारी गरेको छ ।

content ad p2
content left

वीरगञ्जवासीको सपना साकार पार्न महानगरपालिकाका प्रमुख राजेशमान सिंहको संकल्प अनुरुप वीरगञ्जमै पहिलो पटक “रात्री बजार” लगाउन थालिएको हो ।

यही चैत ३० गते बेलुका देखि बैशाख २ गते मध्य रातिसम्म वीरगञ्जको आदर्शनगर चोक देखि पुरानो बसपार्कसम्म “रात्री बजार” लगाइने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
आर्थिक नगरी भनेर वीरगञ्जलाई चिनिने गरेको भए पनि वीरगञ्जको व्यवसाय साँझ नपर्दै बन्द हुने गरेको थियो ।
यहाँको आर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म संचालन हुने वातावरण बनाउन पनि परीक्षण स्वरुप नयाँ वर्षको अवसर पारेर तीन दिने रात्री बजार लगाउन जमर्को गरेको महानरप्रमुख सिंहले बताउनु भयो ।
‘व्यवसायीक रुपमा वीरगञ्जको पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजना सहित रात्री बजार लगाउन लागेका हौँ,’ उहाँले भन्नुभयो, ‘यसले बजार चलायमान बनाउने पनि विश्वास लिएका छौँ ।’
महानगरको आयोजनामा वीरगञ्जमै पहिलो पटक हुन लागेको “रात्री बजार” मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाकुडा लगायतका सरसामान पाउनुका साथै वीरगञ्जमै पहिलो पटक तन्दुरी चायको शुरुआत गरिने पनि महानगर प्रमुख सिंहले जानकारी दिनुभयो ।
रात्री बजार आयोजना गर्दै गर्दा अवसर र चुनौतीबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबाट नयाँ संदेश सहित सफलता प्राप्त भए लामो समय सम्म बजार लगाउन सकिने भएकोले वीरगञ्जमै पहिलो पटक नयाँ अवधारणा सहित लाग्ने बजारमा सहभागी भई सफल बनाउन प्रमुख सिंहले अपिल पनि गर्नु भयो ।
महानगरले रात्री बजार संचालनका लागि विभिन्न संस्थासँग सहकार्य गरेको छ ।
ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एन.वाई.ई.एफ, वीरगञ्ज साइकलिंग क्लब, ओमेन्स क्रिएसन र फोर.जि.आर जस्ता संस्थाहरुसँगको सहकार्यमा “रात्री बजार” तयारीको काम अघि बढाइएको उहाँले बताउनु भयो ।
रात्री बजारमा लगाइने स्टलहरु बुकिङको काम अहिले धमाधम भइरहेको छ ।
आदर्शनगर चोकदेखि कैलास चोक र त्यहाँबाट पुरानो बसपार्क सम्मको क्षेत्रमा करिब १ सय स्टल लगाउने गरि आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको छ ।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily