Aadarsh-Daily

पोखरियामा चितुवाले आक्रमण गर्दा एकजना प्रहरीसहित ३ जना घाइते

ad-4p

वीरगञ्ज, ८ चैत । पर्साको पोखरियामा चितुवाको आक्रमणबाट एक प्रहरी सहित तीनजना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।

content ad p2
content left

मंगलबार मध्यराति जंगलबाट गाँउमा छिरेको चितुवाको आक्रमणबाट पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियाका जोगिन्द्र साह तेली, वडा नम्बर ४ का दिल महम्मद मियाँ र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते भएका हुन् ।

सतवरिया स्थित गँहु बारि हुँदै गाउँमा छिरेको चितुवाले स्थानियलाई आक्रमण गरि घाइते बनाउन थालेपछि नियन्त्रणमा लिन प्रहरीको टोली जाँदा प्रहरी जवान यादवलाई पनि आक्रमण गरि घाइते बनाएको हो ।
गम्भीर घाइते मियाँको पोखरिया अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।अरु दुई जना घाइतेको भने पोखरिया अस्पतालमै उपचार भइरहेको छ ।

आक्रमणकारी चितुवा अहिले पनि गाँउकै एक गोठमा लुकेर बसेकाले नियन्त्रणका लागि बुधबार बिहान ९ बजेतिर डिभिजन वन कार्यलयको टोली पुगेर नियन्त्रणको प्रयास गरिरहेको स्थानीय शैलेस गुप्ताले जानकारी दिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily