Aadarsh-Daily

मन्त्रिपरिषद् विस्तार : यस्तो छ प्रधानमन्त्रीको प्रारम्भिक खाका

ad-4p

वीरगञ्ज, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारलाई तीव्रता दिएका छन् ।

content ad p2

चैत ६ गते दोस्रोपटक विश्वासको मत पाएसँगै उनले मन्त्रिपरिषद् विस्तारलाई तीव्रता दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले सबै दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् ।

सत्तारूढ गठबन्धनमा १० दल छन् । ती सबै दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री प्रचण्डले बताउने गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै माओवादी केन्द्रका महासचि देवप्रसाद गुरुङले भने, ‘दलहरूले उनीहरूको हैसियतअनुसार मन्त्रालय पाउँछन् ।’
प्रधानमन्त्री प्रचण्डले चैत १० गतेअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् । त्यहीअनुसार तयारी भइरहेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार प्रधानमन्त्री प्रचण्डले कुन दलले कति मन्त्रालय पाउने भन्नेबारे प्रारम्भिक खाकासमेत तयार गरेका छन् ।

जसअनुसार गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ मन्त्रालय पाउनेछ भने सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले ५ मन्त्रालय लिनेछ । त्यसो त कांग्रेस नेताहरूले आफूहरूले ९ मन्त्रालय पाउनुपर्ने बताइरहेका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले त अरु साना दलहरूलाई सजग गराउँदै अस्वाभाविक मन्त्रालय दाबी नगर्न सुझाव नै दिइसकेका छन् । उनले भनेका छन्, ‘दलहरूले अस्वाभाविकरूपमा मन्त्रालय दाबी गर्दा भागबन्डामा सकस हुन्छ, यो सबैले सोच्नुपर्छ ।’

content left

माओवादी केन्द्रको दाबी भने प्रधानमन्त्रीसँगै ५ मन्त्रालय हो, प्रधानमन्त्री प्रचण्डले प्रारम्भिक खाका सोही सङ्ख्या राखेका छन् । यद्यपि भागबन्डामा सकस भएको खण्डमा ४ मन्त्रालयसम्ममा लचिलो हुने माओवादी केन्द्रका नेताहरूले बताएका छन् । माओवादी केन्द्रका एक नेता  भन्छन्, ‘दलहरूले आ-आफ्नो दलीय हैसियतका आधार मन्त्रालय प्राप्त गर्ने हुन् । त्यसरी हेर्दा दोस्रो ठूलो दल माओवादी केन्द्रले ५ पाउने नै हो । यदि धेरै नै सकस भयो भने मिलाउनुपर्छ । हामीले त्यसमा सोच्नेछौँ ।’

यस्तै गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ३ मन्त्रालय दिने तयारी प्रधानमन्त्रीको छ । यद्यपि उसको दाबी भने ४ छ । तर, स्रोतहरूकाअनुसार रास्वपाले ३ मन्त्रलाय नै ‘डन’ गर्नेछ ।

त्यसो त रास्वपा नेताहरूले आफ्नो दलको बाचापत्रअनुसार नागरिकलाई ‘डेलिभरी’ दिनका लागि आफूहरू सरकारमा सहभागी हुने बताइसकेका छन् । रास्वपा उपसभापति डोलप्रसाद अर्याल भन्छन्, ‘हामीले बाचापत्रअनुसार नागरिकलाई डेलिभरी दिनु छ । त्यसैका लागि हामी सरकारमा सहभागी हुनेछौँ ।’

गठबन्धनको चौथो र पाँचौ दल जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) लाई क्रमश: २/२ मन्त्रालय दिने प्रारम्भिक खाकामा उल्लेख छ । यद्यपि उनीहरूको दाबी भने ४/४ हो । एकीकृत समाजवादीले त आफूले ४ मन्त्रालय पाउनुपर्ने; त्यो पनि आफूले रोजेको पाउनुपर्ने बताएको छ ।

प्रमुख भागबन्डाहरूमा आफू छुटेको उल्लेख गर्दै एकीकृत समाजवादीले गृह मन्त्रालयको दाबी पेश गरेको छ । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भनेका छन्, ‘सबै प्रमुख पदहरूमा अरु दलहरूबाट पूर्ति भएको छ भने हामीले केही पाएका छैनौँ । मन्त्रालय रोज्ने क्रममा अब हामी पहिलो नम्बरमा पर्नुपर्छ,’ उनले भने, ‘हामीले गृह, अर्थ र ऊर्जा पाउनुपर्छ ।’

यसबाहेक जनमत पार्टी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति, नेपाल समाजवादी र आम जनता पार्टीले १/१ मन्त्रालय पाउने भनिएको छ । तर, यी दलका नेताहरूको दाबी भने यत्तिमात्रै होइन । यसमा अझ नयाँ दलहरू जनमत र उन्मुक्तिले चित्त बुझाउने छैनन् । यसअघि यी दुवै दलहरूले उपप्रधानमन्त्रीसमेत मागेका थिए ।

जसै प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमा सकस भने निश्चित देखिन्छ । मन्त्रालयको सङ्ख्या टुङ्ग्याएपछि पनि कुन मन्त्रालय कुन दललाई भन्ने विषय निकै सकसपूर्ण भएर आउने गठबन्धन दलका नेताहरूले बताउने गरेका छन् । नेपालभ्युजबाट साभार ।

 

सम्बन्धित खबर

सर्वोच्च फैसलापछि कांग्रेसलाई एकताबद्ध बनाउन थापाको आह्वान

Aadarsh Daily

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily