Aadarsh-Daily

जसपा कार्यकारिणी समितिको बैठक बस्दै, बारा-२ बाट उपेन्द्र यादवलाई लडाउने विषयमा छलफल हुने

ad-4p

वीरगञ्ज, ८ चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ ।

content ad p2

बैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि जसपाको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बैठक वालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

content left

मुख्यतः बारा निर्वाचन क्षेत्र नम्बर २ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा अध्यक्ष यादवले उम्मेदवारीको तयारी गरेका हुन् ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । सो बारेमा पनि छलफल हुने बताईएको छ ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily