Aadarsh-Daily

चालू आवको १० महिनामा वीरगञ्ज महानगरले उठायो ३६ करोड राजश्व

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगपालिकाले चालू आर्थिक वर्षको १० महिनामा ३६ करोड ६१ रुपैयाँ राजस्व संकलन गरेको छ ।

content ad p2

मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जले चालू आर्थिक वर्ष २०७९/८० को असारदेखि वैशाखसम्म १० महिनाको अवधिमा विभिन्न २६ वटा शीर्षकमा ३६ करोड ६१ रुपैयाँ राजस्व संकलन गरेको हो ।

महानगरपालिकाको राजस्व शाखा प्रमुख मनोजकुमार कर्णकाअनुसार चालू आवमा सम्पत्ति करबाट १४ करोड एक लाख रुपैयाँ, घरबहाल करबाट पाँच करोड ५७ लाख रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट दुई करोड २१ लाख रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट दुई करोड ७१ लाख रुपैयाँ, अन्य सेवा शुल्कबाट दुई करोड दुई लाख रुपैयाँ तथा अखेटोपहारमा लाग्ने करबाट दुई करोड ३६ लाख रुपैयाँ संकलन भएको छ ।
यस्तै नक्सा पास दस्तुरबाट दुई करोड ९० लाख रुपैयाँ, सिफारिस दस्तुरबाट एक करोड ४३ लाख रुपैयाँ, भूमिकरबाट ७७ लाख रुपैयाँ, साना सवारी साधनको करबाट २४ लाख रुपैयाँ, बाँडफाँटबाट प्राप्त विज्ञापन करबाट ५३ लाख रुपैयाँ, अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने रोयल्टीबाट ६६ लाख रुपैयाँ, परीक्षा शुल्कबाट ११ लाख रुपैयाँ, बहाल बिटौरी करबाट सात लाख रुपैयाँ तथा अन्य प्रशासनिक सेवा शुल्कबाट १२ लाख रुपैयाँ राजस्व संकलन भएको कर्णले बताए ।

content left

त्यस्तै प्रशासनिक दण्ड जरिवाना र जफतबाट ३१ लाख रुपैयाँ, व्यक्तिगत घटना दर्ताबाट २६ लाख रुपैयाँ, नाता प्रमाणित दस्तुरबाट १२ लाख रुपैयाँ, र पार्किङ शुल्कबाट दुई लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

आव २०७८/७९ को १० महिनाको अवधिमा महानगरपालिकाले विभिन्न शीर्षकमा ५२ करोड ४० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । आव २०७८/७९ सम्म घरजग्गा रजिष्ट्रेशन शुल्क महानगरपालिकाले उठाउँदै आएकामा चालू आव २०७९/८० देखि राजस्व बाँडफाँट शीर्षकमा तीनै तहको सरकारमा राजस्व संकलन हुन थालेको छ ।

घरजग्गा रजिष्ट्रेशन शीर्षकमा अघिल्लो आवमा महानगरपालिकाले ४७ करोड रुपैयाँ राजस्व संकलन गरेकामा चालू आवमा २० करोड रुपैइाँसम्म पनि संकलन हुन नसक्ने अवस्था रहेको कर्ण बताउँछन् ।

चालू आवमा महानगरपालिकाले सम्पत्ति करको दर घटाएको, सवारी कर व्यवस्थापन सेवा शुल्क हटाएको र लामो समयसम्म जग्गाको कित्ताकाट रोकिएर नक्सापास र जग्गा कारोबार हुन नसकेकालगायत कारणले अघिल्लो आवको तुलनामा चालू आवमा राजस्व संकलन घटेको उनले बताए ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily