Aadarsh-Daily

पर्सा र चितवनमा भेटियो नक्कली नोट

ad-4p

पर्सा र चितवनमा नक्कली नोट फेला परेको छ। शनिवार राति नक्कली नोट भेटिएको प्रहरीले जानकारी दिएको छ।

content ad p2
content left

वीरगंज महानगरपालिका-१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली फेला परेको हो। प्रहरीले नक्कली नोटसहित सर्लाही बरहथवा नगरपालिका-५ रामजानकी टोल बस्ने ३० वर्षीय रामविश्वास महतोलाई पक्राउ गरेको छ।
त्यस्तै, चितवनको भरतपुर महानगरपालिका-३ शहीद चोकबाट १ हजार दरको ६ थान नक्कली नेपाली नोटसहित भारतीय पुरुष समातिएका छन्। भारतको मध्य प्रदेश घर भएका ४९ वर्षीय करतार सिंहलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो।

भरतपुर महानगरपालिका-१ जुनहल रोडस्थित स्टोरमा जुत्ता खरिदको क्रममा सिंहले १ हजारको नक्कली नोट दिएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily